मधेसी मोर्चाका कार्यकर्ताले पाँच सय लिटर इन्धन नष्ट गरे

फाइल तस्वीर
३० कात्तिक, महोत्तरी । चाडपर्वको मौकामा पेट्रोलियम पदार्थको तस्करी गरेको भन्दै संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले महोत्तरीको गौशालामा करिब पाँच सय लिटर पेट्रोलियम पदार्थ नियन्त्रणमा लिई आगो लगाएर नष्ट गरेका छन् ।
सोमबार बिहानै गौशाला नगरपालिका–११ स्थित रेडक्रस चौकमा साइकल तथा मोटरसाइकलमा ल्याइरहेको अवस्थामा सो परिमाणको पेट्रोलियम पदार्थ नियन्त्रणमा लिएर नष्ट गरिएको हो । मोर्चाका कार्यकर्ताले एक सय लिटर पेट्रोल तथा चार सय लिटर डिजल आफ्नो नियन्त्रणमा लिएर आगो लगाई सडकमै नष्ट गरेका हुन् । भारतीय सीमावर्ती कन्हवा बजारबाट बर्दिवासतर्फ बिक्रीका लागि गेलेनमा राखी लैजाँदै गरेको अवस्थामा सो परिमाणको पेट्रोलियम पदार्थ नियन्त्रणमा लिएर नष्ट गरेको तराई मधेस सद्भावना पार्टी महोत्तरीका जिल्ला अध्यक्ष नरेन्द्र यादवले बताए ।
मोर्चाले केही दिनअगाडि चाडपर्वको अवसर पारेर किसानलाई खेतीपाती गर्नका लागि पेट्रोलियम पदार्थ भारतीय बजारबाट ल्याउनका लागि छुट दिएको मौकामा त्यस्ता तस्करहरूले कारोबार नै बनाएको भन्दै उनीहरूसँग पेट्रोलियम पदार्थ बरामद गरी सडकमै आगो लगाएर नष्ट गरेको अध्यक्ष यादवले बताए । रासस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget