महन्त ठाकुर र राजेन्द्र महतोको गृह जिल्लामा मोर्चाविरुद्ध प्रतिकार(तस्बिरसहित)

सर्लाही, ३० कात्तिक । २०६४ सालमा सरकारसँग भएको ९ बुँदे सम्झौताअनुसारको चुरे भावर प्रदेशको माग गर्दै चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले सोमबार सर्लाहीमा बृहत बिरोध प्रर्दशन गरेको छ ।
चुरे भावर प्रदेश सुनिश्चित गर, तत्काल नाकाबन्दी खोल, सामाजिक सद्भाव विथोल्ने तत्वमाथि कारवाहीलगायतको माग गर्दै चरे भावरका सैयौँको संख्यामा जम्मा भएका कार्यकर्ताले प्रदर्शन गरेका छन् । उनीहरूले मधेसी मोर्चाले गरेको नाकाबन्दी र आमहड्तालले जनतालाई दुःख भएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।
ठूलो संख्यामा सडकमा उत्रिएका कार्यकर्ताले प्रर्दशन र र्‍यालीसहित लालबन्दीमा आधा घण्टा राजमार्ग अवरुद्ध गरेका छन् । सडक अबरोधपछि केही समय सवारी आवागमन प्रभावित भएको थियो । प्रदर्शका क्रममा चुरे भावरका कार्यकर्ताले नाकाबन्दी गर्नेहरूविरुद्ध नारावाजीसमेत गरेका थिए ।
सर्लाही जिल्ला संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता तथा तराई मधेस लोकतान्त्रिक पार्टी महन्त ठाकुर र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको गृह जिल्ला पनि हो । राजेन्द्र महताले वीरगञ्जस्थित दशगजा क्षेत्रमा बिगत दुई महिनादेखि टेन्ट टाँगेर नाका अबरोध गर्दै आउनुभएको छ ।
प्रर्दशनपछिको कोणसभालाई सम्बोधन गर्दै पार्टीका अध्यक्ष बद्रीप्रसाद न्यौपानेले मधेसीसहित सबैको मागअनुसार प्रदेशको सीमाङ्कन फेरबदल गर्ने हो भने चुरे पहाड तलको समथल भू–भागलाई समेटेर चुरे भावर प्रदेश दिनुपर्ने माग गर्नुभयो ।
उहाँले सरकारसँग भएको ९ बुँदे सम्झौताअनुसार चुरे भावर प्रदेश कायम गर्नुपर्ने माग गर्नुभएको थियो । ‘विगतको सम्झौता बेवस्ता गरे त्यसको मूल्य राज्यले चुकाउनु पर्छ’, अध्यक्ष न्यौपानेले चेतावनी दिनुभयो ।
उहाँले नाकाबन्दीले जनजीवन तहसनहस बनाएको र यसले तराईमा समाजिक सद्भाव भड्काउन थालेको भन्दै मधेसवादी दलका नेताहरूलाई सचेत गराउनुभयो ।
‘सामाजिक सद्भाव कायम गर्नेतर्फ मधेस केन्द्रित दलका नेताहरूले ध्यान दिनुपर्छ’, अध्यक्ष न्यौपानले भन्नुभयो, ‘मधेसी मोर्चाले तत्काल नाकाबन्दी फिर्ता लिएर मुलुक र जनतालाई सहजतातर्फ लैजानुपर्छ । अन्यथा त्यसको जनताले कडा प्रतिकार गर्ने छन् ।’
dainiknepal.

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget