पेट्रोलियम पदार्थ तस्करी गरेको भन्दै तीनवटा भारतीय मोटरसाइकलमा आगजनी


महोत्तरी, २ मङ्सिर-
पेट्रोलियम पदार्थ तस्करी गरेको भन्दै संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले महोत्तरीमा तीनवटा भारतीय नम्बरका मोटरसाइकलमा आगजनी गरेका छन् ।

गए राति गैँडाभेटपुरमा मोर्चाका कार्यकर्ताले ती मोटरसाइकल नियन्त्रणमा लिएर आगजनी गरेका हुन् ।

गाउँबाट टाढा एकान्त ठाउँमा तीन मोटरसाइकल जलेको अवस्थामा फेला परे पनि मोटरसाइकल धनी र मोटरसाइकल नम्बर भने नखुलेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।
प्रहरी उपरीक्षक भट्टराईका अनुसार प्रत्यक्षदर्शीले मोटरसाइकलमा आगजनी भएको जानकारी दिएपछि प्रहरी राति नै घटनास्थलमा पुगेको थियो । तर रातिको समय भएकाले कसैलाई पक्राउ गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
सीमावर्ती भारतीय बजारबाट पेट्रोलियम पदार्थ लिएर आउँदै गर्दा मोटरसाइकलमा आगजनी भएको हुनसक्ने प्रहरीको अनुमान छ । रासस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget