‘सरकारबाट नाकाबन्दी गरिरहेको भारतविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा’

काठमाडौं, २ मंसिर । दुई महिनादेखिको नाकाबन्दीले देशमा अत्यावश्यक वस्तुको समेत हाहाकार भएपछि भारतविरुद्ध विकल्प प्रस्तुत गरिन थालिएको छ ।
यसैक्रममा चुरेभावर लोकतान्त्रिक पार्टीले नाकाबन्दी गरिरहेको भारतलाई अन्तर्राष्ट्रिय अदालतमा उभ्याउनुपर्ने मागसहितको विकल्प अघि सारेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै चुरेभावरले नेपाली जनतालाई अभावबाट मुक्त गर्न सरकारले नाकाबन्दी गरेको भारतविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्नुपर्ने माग गरेको हो ।
पार्टी अध्यक्ष भूमिराज निरौलाले जारी गरेको विज्ञप्तीमा भारतले नेपालमाथि लगाएको नाकाबन्दीका विरुद्ध नेपाल सरकारको मन्त्रिपरिषद्ले निर्णय गरी अन्तर्राष्ट्रियकरण गर्दै अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर गर्नुपर्ने सुझाव दिइएको छ ।
यस्तै, चुरेभावरले मधेसमा जारी आन्दोलनमा भारतको प्रत्यक्ष संलग्नता रहेको ठोकुवा गरेको छ । आन्दोलनका नाममा सीमापारिबाट हुने गरेका ढुङ्गामुढा र गोली प्रहार जस्ता घटनाले तराई मधेसको आन्दोलनमा भारतको प्रत्यक्ष संलग्नता छ भन्ने कुरामा द्विविधा नरहेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तीमा भनिएको छ- ‘सम्मान गरिनुपर्ने संयुक्त राष्ट्रसङ्घको बडापत्र, पञ्चशीलका सिद्धान्तहरू, दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको बडापत्र एवं समुद्री कानुनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिले प्रत्यभूत गरेको भूपरिवेष्ठित राष्ट्रहरूको पारवहन अधिकार, नेपाल–भारतबीच भएका व्यापार र पारवहन सन्धि एवं दुई देशबीचको युगौँ पुरानो मित्रतापूर्ण सम्बन्ध तथा दुई देशका जनताको भावनाको अवमूल्यन र उल्लङ्घन भएको हाम्रो पार्टीको ठहर छ ।’
विज्ञप्तीमा भारत सरकारबाट सिर्जित अमानवीय व्यवहारको आ-आफ्नो ठाउँबाट डटेर सामना गरिनुपर्नेमा जोड समेत दिइएको छ ।
dainiknepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget