अटोमेटिक पेस्तोल बोकेका यादव नेपाल-भारत सीमाबाट पक्राउ

गौशाला, २ मङ्सिर । महोत्तरी प्रहरीले नेपाल–भारत सीमा नजिकबाट इटालियन पेस्तोलसहित गएराति एक युवकलाई पक्राउ गरेको छ ।
जलेश्वर नगरपालिका–१ बस्ने २५ वर्षीय सुभाष यादवलाई रातु नदीको बाँधबाट पेस्तोलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक विनोद सिलवालले बताउनुभयो ।
यादवको साथबाट प्रहरीले इटालियन १११ अटोमेटिक पेस्तोल एक थान, त्यसमा लोड भएको म्याग्जिनमा केएफ ७.६५ लेखिएको एक राउण्ड गोली र एक थान मोबाइल सेट बरामद भएको उहाँले बताउनुभयो ।
यादवलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले हिरासतमा राखी हातहतियार तथा खरखजाना मुद्दा चलाउने तयारी गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । रासस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget