विशेष सुत्रका अनुसार उपचारको बहानामा भारतमा रहेका कांग्रेस केन्द्रीय सदस्य एवं हिन्दु अतिवादको लागि लागिपरेका खड्का क्रियाशील रहेका छन् । तराई मधेसको असन्तोष देखाउँदै मधेसको आन्दोलनमा मिसिएर सरकारलाई कमजोर बनाउने प्रयास स्वरुप उनीहरुले हिन्दुहरुको नाममा यस्तो गर्ने तयारीगरेका हुन् ।
यसमाभारतीय जनता पार्टीको हिन्दु धर्मको लागि काम गर्ने संस्थासहितका नेपालका नेपाली कांग्रेसकै नेताहरुकोसमेत साथ र सहयोग रहने बुझिएको छ । राष्ट्रिय स्वयसेवक संघ (आरआरएस)को सहयोगमा यस्तो गर्न लागिएको स्रोत बताउछ । भारतीय प्रधानमन्त्री एकपछि अर्को गर्दै नेपाल नीतिमा असफल भएपछि नेपालमा धर्मका नाममा फेरि यस्तो अस्थिरता मच्चाउन खोजिएको हो ।
यसका लागि नेपालबाट डा. शेखर कोइराला, अमरेशकुमार सिंह, पूर्व सेनापति रुकमांगद कटुवाल, लक्ष्मण घिमिरे,सहितका लाग्नेछन् । तराई आन्दोलनमा छिर्ने र चार पाँच सय भाडाका मान्छे छिराएर तोडफोड, आतंकजस्ता गतिविधि गराउने खेल उनीहरुको रहेको स्रोत बताउँछ । उपचारको लागि राज्यले ३५ लाख दिएपछि त्यसैको बहानामा भारत बसेर खड्काले अहिले यस्तो योजना बनाइरहेका छन् । नेपालमा यसको नेतृत्व मधेसी नेता अमरेशलाई दिइने चर्चा छ । यस्तो तयारीमा अप्रत्यक्ष सहयोग भारतका लागि नेपाली राजदुत दीपकुमार उपाध्यायले पनि गरिरहेको बुझिएको छ ।
संविधान संसोधन गरी मधेसको मुद्दालाई स्थापित गराउने प्रयास भन्दै अन्ततः केपी ओली नेतृत्वको सरकार गिराउने खेल अन्तर्गत यस्तो हुन लागेको स्रोत बताउँछ । पछिल्लो समय मधेसी मोर्चासँग सरकारले वार्ता गरिरहे पनि त्यो देखाउनका लागि भएको भन्दै प्रधानमन्त्री केपी ओलीलाई मधेसविरोधीका रुपमा उभ्याउँदै भारतीय खेलमा नै यो हुन लागेको हो ।
भारतको योजना अनुसार भएको नाकाबन्दीकोसमेत डटेर नेपालीहरुले सामना गरेपछि भारतीय सहयोगमा अर्को अस्थिरता निम्त्याउने पहल भइरहेको हो ।
khabardabali
Post a Comment