नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले बेलायत र भारतले नेपालको बारेमा निकालेको संयुक्त विज्ञप्तिप्रति कडा आपत्ति जनाएको छ । साम्राज्यवादी धङधङी भन्दै विप्लव माओवादीले नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप नगर्न समेत चेतावनी दिएको छ ।
विप्लवले मंगलबार एक विज्ञप्ति जारी गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बेलायती प्रधानमन्त्री डेभिट क्यामरुङद्वारा प्रेसित संयुक्त विज्ञप्तीप्रति आपत्ति जनाएका हुन् ।
मधेशको आन्दोलनलाई भारतले ‘बाँदरलाई लिस्नो’ को रुपमा प्रयोग गरेको भन्दै विप्लव माओवादीले नेपालमाथि राष्ट्रिय–अन्तर्राष्ट्रिय मूल्य मान्यता र कानून विपरित नाकाबन्दी गरेको भनेका छन् ।
विप्लवले नेपालमाथि गरेको भारतले गरिरहेको नाकाबन्दी, नेपाली भूभागमाथिको अतिक्रमण, नेपालको आन्तरिक मामिलाको सुक्ष्म व्यवस्थानमाथिको हस्तक्षेपका विरुद्ध सशक्त संघर्ष उत्रिने घोषणा गर्दै सम्पूर्ण देशभक्त, बामपन्थी र जनवादी शक्तिलाई राष्ट्रिय प्रतिरोध संघर्षमा सहभागी हुन अपील पनि गरेको छ ।
यस्तो छ विज्ञप्तिको पूर्ण पाठः
मोदी र क्यामरुनको अभिव्यक्ति विरुद्धको प्रेश विज्ञप्ती
नोभेम्वर १२ का दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बेलायती प्रधानमन्त्री डेभिट क्यामरुङद्वारा प्रेसित संयुक्त विज्ञप्तीमा नेपालको सन्दर्भमा दिइएको अभिव्यक्ति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । नेपालमा जारी संविधान र वर्तमान राज्य व्यवस्थाप्रति हाम्रो पार्टी सहमत नभएको सर्वविधितै छ ।
घोषित संविधानले नेपाली जनताले विगतमा गरेका सबैखाले संघर्षहरुबाट प्राप्त अधिकारहरुलाई कटौति र कुण्ठित गरेको छ । साथै विगतमा भएका सहमति र सम्झौताहरुलाई पूर्णरुपमा लत्याएको पनि छ । यहाँका शोषित, पीडित वर्ग, जाति÷जनजाति, क्षेत्र, मधेशी, थारुले अधिकारहरुलाई सुनिश्चित गरेको छैन । त्यसैले हाम्रो पार्टीले यो संविधान, पुनस्र्थापित संसदीय व्यवस्थाका विरुद्धमा संघर्ष गर्दै आएको छ ।
अधिकारप्राप्तिकालागि राज्यका विरुद्ध गरिने संघर्ष नेपालको आन्तरिक मामिला हो । नेपालको आन्तरिक पक्षमा भएका संघर्षहरुको अनुचित फाइदा उठाइ केही समयदेखि भारतीय शासक वर्गहरुको नेपालमा अनावश्यक र अस्वभाविक क्रियाशिलता बढ्दै गएको छ । मुलरुपमा नेपालको तराई र मधेशमा भएका आन्दोलनमा भारतीय शासक वर्ग त्यसमा पनि मोदी सरकारको रवैयाले नेपालको राष्ट्रियता र राष्ट्रिय स्वाधीनता र अखण्डतामाथिको ठाडो हस्तक्षेप गरेको छ । संविधान र सरकार निर्माणसँगै भारतीय शासक वर्गको यो हस्तक्षेपका विरुद्ध हामीले लगातार संघर्ष गर्दै आएका छौं ।
मधेशमा भएको आन्दोलनलाई ‘बाँदरलाई लिस्नो’ को रुपमा प्रयोग गरी राष्ट्रिय÷अन्तर्राष्ट्रिय मूल्य मान्यता र कानून विपरित नाकाबन्दी गर्दै आएकाकारण नेपालमा आर्थिक संकट सिर्जना हुनुका साथै गम्भीर मानवीय संकट पैदा भैराखेको छ । यसबाट सम्पूर्ण नेपाली जनता भारतको यो रवैयाप्रति चिन्तित र आक्रोसित हुनु स्वभाविक हो । नेपाल र नेपालीको यो अवस्थाप्रति अन्तर्राष्ट्रिय क्षेत्रको पनि ध्यानाकर्षण भैराखेको अवस्थालाई भ्रमित पार्न र नेपालमा थप संकट पैदा गरी त्यसबाट अनुचित लाभ लिनकालागि यो वक्तव्यबाजी गरिएको हो ।
यसै सिलसिलामा नरेन्द्र मोदी सरकारले नेपालप्रति लिएको गलत नीतिमा डेभिट क्यामरुनले सहमति जनाउँदै संयुक्त हस्ताक्षर गर्नु विगतको वेलायती साम्राज्यवादको धङ्धङी मात्र हो या नेपालप्रतिको उसले लिएको नीतिमा परिवर्तन आएको हो । जेहोस्, हाम्रो पार्टी उक्त वक्ततव्यमा व्यक्त अभिव्यक्तिले एउटा स्वतन्त्र राष्ट्रको राष्ट्रियता स्वाधीनतामाथिको ठाडो हस्तक्षेप भएकाले भत्र्सना गर्दछ ।
भारतीय शासक वर्गले नेपालमाथि थोपरेको नाकाबन्दी, नेपाली भूभागमाथिको अतिक्रमण, नेपालको आन्तरिक मामिलाको सुक्ष्म व्यवस्थानमाथिको हस्तक्षेपका विरुद्ध सशक्त संघर्ष उत्रिने घोषणा गर्दछ । साथै सम्पूर्ण देशभक्त, बामपन्थी र जनवादी शक्तिलाई राष्ट्रिय प्रतिरोध संघर्षमा सहभागी हुन हार्दिक अपिल पनि गर्दछ ।
विप्लव
महासचिव
मितिः–२०७२÷०८÷०१
e-dainikkhabar
Post a Comment