प्रचण्डका ज्वाइँ आपूर्तिमन्त्रीका पीए !

काठमाडौं, २ मंसिर । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै ज्वाइँ अर्जुन पाठकलाई वाणिज्य तथा अापूर्तिमन्त्री गणेशमान पुनको पीए बनाएका छन् । पाठक प्रचण्डकी महिली छोरी रेणु दाहालका श्रीमान हुन् । रेणु गत संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं १ बाट उम्मेदवार बनेकी थिइन् ।

जवाहरलाल नेहरु विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका पाठकलाई सासु सीता र पत्नी रेणुले ‘कमारो’ जस्तै बनाएर राखेका थिए । त्यसबाट मुक्ति दिलाउनकै लागि एमाओवादीका केही नेताको पहलमा उनलार्इ आपूर्तिमन्त्रीको पीए बनाइएको हो । एमाओवादीबाट मन्त्री भएकामभ्ये सिँचाइमन्त्री उमेश यादव बाहेक सबैले पीए नियुक्त गरिसकेका छन् ।

पार्टीले पीएहरुको नियुक्तिको सिफारिस गर्ने जिम्मा उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई दिएको भए पनि उनले सिफारिसमा आलटालगरेपछि मन्त्रीहरु आफैँले पीए नियुक्त गरेका हुन् । कृषि मन्त्री हरिबोल गजुरेलले रमेश गुरागाईँलाइ पीए नियुक्त गरेका छन् । उनी एमाओवादी झापाका कार्यकर्ता हुन् ।

गृहमन्त्री शक्ति बस्नेतले अखिल क्रान्तिकारीका पूर्वमहासचिव विन्दमान विष्टलाई, शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अखिल क्रान्तिकारीका पूर्वउपाध्यक्ष जागृत रायमाझीलाई, वनमन्त्री अग्नि सापकोटाले पूर्वब्रिगेड कमान्डर युवराज दुलाललाइृ पीए नियुक्त गरेका छन् । एक महिनासम्म उपाध्यक्ष श्रेष्ठले पीए सिफारिस नगरेपछि सभामुख ओनसरी घर्तीले रोल्पाका बाबुलाल पुनलाई पीए बनाएका थिए । बुधबार साप्ताहिकमा खबर
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget