२ मंसिर, काठमाडौं । चीनबाट एक तिहाइ इन्धन ल्याउने तयारी सुरु भएको छ । वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनले सोमबार चिनियाँ अधिकारीसँग भेटेर नेपालको कुल मागको एक तिहाइ इन्धन दीर्घकालीन रुपमा खरिद गर्ने प्रतिबर्द्धता व्यक्त गरेको नयाँ पत्रिकामा खबर छ ।
मन्त्रीको प्रतिबद्धतापछि चिनियाँ सरकारले सोमबार नै आयल निगमलाई इमेलमार्फत इन्धन खरिद सम्झौता गर्न बेइजिङ बोलाएको छ, चीनले हप्ता दिनभित्रै नेपालालाई इन्धन निर्यात गर्ने प्रतिबद्धता जनाएको स्रोतले जनाएको छ । सम्झौता गर्न आयल निगमको टोली दुई-तीन दिनभित्रै बेइजिङ जानेछ ।
सम्झौतापछि वाषिर्क करिब पाँच लाख किलोलिटर इन्धन चीनबाट आपूर्ति हुनेछ । मुलुकमा वाषिर्क करिब १५ लाख किलोलिटर पेट्रोलियम पदार्थ खपत हुने गरेको छ ।
onlinekhabar
Post a Comment