प्रचण्डको प्रस्ताव माने सरकार नरहने झलनाथको धम्की

काठमाडौंं, २ मंसिर । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रचण्डले ल्याएको सीमांकनसम्बन्धी प्रस्तावमाथि छलफल नै नहुने कडा टिप्पणी गरेका छन् । संघीयता जिन्दावाद भन्ने तर जिल्ला टुक्र्याउने कुरालाई राष्ट्रघाती भन्ने प्रवृत्ति बढ्दै जाँदा राष्ट्रियतामाथि नै खतरा आइरहेको टिप्पणी भइरहेका बेला उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।
उनले जिल्ला टुक्र्याउँदा राष्ट्रघात हुने जिकिर गरेका छन् । यस्तो गरिएमा ‘न यो सरकार रहन्छ न पार्टीहरु नै रहन्छन्’ भन्ने टिप्पणी पूर्वप्रधानमन्त्री समेत रहेका खनालले गरेका छन् । नयाँ पत्रिका दैनिकसँग कुरा गर्दै उनले के भने–

एमाले प्रचण्डले सीमांकनसम्बन्धी नयाँ प्रस्ताव गरेको कुराबारे मलाई कुनै जानकारी छैन । अहिलेको अवस्थामा कुनै पनि जिल्ला टुक्रिँदैन । जिल्ला टुक्र्याउने हो भने राष्ट्रघात हुन्छ, त्यो अहिले सम्भव नै छैन । राष्ट्रिय हितविपरीत कुनै पनि सम्झौता र सहमति हुन सक्दैन । त्यसरी आउने प्रस्तावमाथि छलफल हुँदैन । राष्ट्रघात हुने काम यो सरकारले गर्दैन । त्यसो भयो भने न सरकार रहन्छ न पार्टीहरू नै रहन्छन् ।
sajhapost

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget