मोदीलाई भारतीय सांसद्को आग्रह : नेपालमा हस्तक्षेप रोकौं

भारतका एक प्रमुख सांसदले भारतले नेपालमाथि लगाएको ‘अनौपचारिक’ नाकाबन्दीका कारण अन्य वस्तुसँगै पेट्रोलियम पदार्थ, औषधि र खाद्यान्न आपूर्ति बन्द हुँदा आधारभूत मानवअधिकारको स्पष्ट रूपमा उल्लंघन भएको बताएका छन्।

केही दिनअघि परिवारसहित बिदा मनाउने क्रममा नेपाल आएका भारतीय बिजु जनता दलका सांसद तथागत सत्पथीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई एक पत्र पठाउँदै नेपालमा आमजनतामा फैलिएको भारतप्रतिको नकारात्मक धारणाबारे सचेत गराएका छन्। ‘भूकम्पबाट थिल्थिलिएको नेपालले भारतबाट महत्वपूर्ण सहयोगको अधिकार राख्छ। तर भारतले अहिले जे गरिरहेको छ त्यो स्पष्ट रूपमा आधारभूत मानवअधिकारको उल्लंघन हो,’ सत्पथीले उल्लेख गरेका छन्।

‘हामीले नेपालीलाई थिल्थिलो पारेका छौं र नेपाली आमजनता भारतविरोधी बनेका छन्। सरदर नेपाली नागरिकको अवस्था हेर्दा उनीहरूलाई पेट्रोलको लामो लाइन, अवरुद्ध सार्वजनिक यातायात, औषधि र चिकित्सासम्बन्धी आधाभूत पूर्वाधार बन्द हुँदा उत्पन्न परिणामले स्वाभाविक रूपमा आक्रोशित गराएको छ,’ सांसद सत्पथीले प्रधानमन्त्री मोदीलाई लेखेको पत्रमा भनेका छन्।

पत्रमा उनले ‘नेपाल एउटा भूपरिवेष्टित मुलुक भएकै आधारमा भारतले ठूल्दाइको रबैया देखाउँदै अत्यावश्यक वस्तुहरूको आपूर्ति बन्द गर्नुपर्ने हो र?’ भनी प्रश्न गरेका छन्।नयाँदिल्लीबाट अन्नपूर्णसँग टेलिफोनमा कुराकानी गर्दै सत्पथीले प्रधानमन्त्री मोदीलाई आफूले लेखेको पत्रको जबाफ पाइनसकेको बताए।

‘मोदीजीबाट मैले पत्रको जबाफ पाएको छैन। तर नेपालभित्रको यथार्थ स्थितिबारे मोदीजीलाई जानकारी गराउन पाएकोमा म खुसी छु’, उनले भने ।
मोदीलाई लेखेको पत्रमा सांसद सत्पथीले भनेका छन्, ‘तपाईं स्वयंले पनि केहीअघि नेपाल भ्रमण गर्नुभएको हो र हाम्रो दुई देशबीचको साझा इतिहासबारे तपाईंलाई जानकारी नै छ। तर अहिले त्यो मुलुकसँग हाम्रो निकै पुरानो सम्बन्ध समाप्त हुने चरणमा पुगेको छ।’

सत्पथीले भारतीय प्रधानमन्त्रीलाई विदेश मन्त्रालयका कर्मचारीबाट नेपालमा शान्ति तथा सुखको वातावरण छ भनेर रिपोर्ट पाइरहेको भएदेखि त्यसमा कुनै सत्यता नरहेको भन्दै कर्मचारीसँग विश्वास नगर्न पनि सुझाएका छन्।’मेरो आशंका छ नेपालप्रति हाम्रा कर्मचारीहरूका आफ्नै पूर्वाग्रह र स्वार्थहरू छन्,’ पत्रमा छ।

पोखरास्थित आफू बसेको होटलका ‘वेटर’लाई उद्धत गर्दै सत्पथीले भारतीयहरूले अक्सर रूपमा नेपालीमाथि दुव्र्यवहार गर्ने गरेको उल्लेख गरेका छन् । ती वेटरले भारतीयहरूको सेवा कहिल्यै गर्नु नपरोस् भन्ने महसुस गरेको आफूसँग बताएको समेत उनले पत्रमा लेखेका छन्।आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
ratopati

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget