भारतीय नाकाबन्दीबिरुद्ध राष्ट्रसंघ अगाडि धर्ना, नाकाबन्दी खोल्न दबाव

वाशिंगटन डिसी, २ मंसिर । अमेरिकाको न्यूयोर्कमा भारतीय नाकाबन्दीको बिरोधमा सयुक्त राष्ट्र संघको प्रधान कार्यालय अगाडि नेपालीहरुले भब्य प्रदर्शन गरेका छन् ।
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको पहलमा गरिएको बिरोध कार्यक्रमा व्यापक नेपालीहरुको सहभागिता थियो ।
बिरोधका क्रममा नेपालीहरुले भारत र भारतीय पक्षको नाकाबन्दीविरुद्ध नारा समेत गरेका छन् ।
हज्जारौँको संख्यामा जम्मा भएका नेपालीहरुले भारतीय नाकाबन्दीका विषयमा विश्वलाई ध्यानाकर्षण गराउन राष्ट्र संघका महासचिब बान की मुनलाई ज्ञापनपत्र समेत बुझाएका छन् । नेपाली समयअनुसार मंगलबार राति नाकाबन्दीविरुद्ध राष्ट्रसंघमा ज्ञापनपत्र बुझाइएको हो ।
ज्ञापनपत्रमा अन्तर्राष्ट्रिय समुदायलाई भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दीलाई तुरुन्तै समाधान गर्न आग्रह गरिएको छ ।
ज्ञापनपत्र बुझाउने क्रममा एनआरएनए अमेरिकाका अध्यक्ष केशव पौडेलले पढेर सुनाएका थिए ।
नाकाबन्दीविरुद्धको धर्ना तथा बिरोध कार्यक्रममा एनआरएनएका बिभिन्न पदाधिकारी र सदस्यहरुले चर्को नारावाजी गरेका थिए ।
राष्ट्रसंघ अगाडि जम्मा भएका नेपालीहरुप्रति ऐक्यबद्धता देखाउन बिभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्वयंसेवक रुपमा स्वस्फुर्त रुपमा सहभागी हुन् टाडाटाडाबाट आएका थिए ।
हाल अमेरिकाको भ्रमणमा रहेका नेपालका चर्चित गायक रामकृष्ण ढकाल तथा प्रसिद्ध हास्य कलाकार मनोज गजुरेलले नाकाबन्दीबिरुद्ध समर्थन जनाउँदै राष्ट्रिय गीत गएका थिए ।
भारतले गरेको अघोषित नाकाबन्दीको विरोधमा समर्थन जनाउन अमेरिकामा रहेका अमेरिकन सिख समुदायले पनि बिरोध कार्यक्रममा सहभागी जनाएका थिए ।
dainiknepal

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget