वीरगञ्ज घटनापछि भारतले नेपाललाई भन्यो- ‘भिडन्त गर्न खोजेको हो ? अब नाका खुल्दैन’
सोमबार, १६ कार्तिक
काठमाडौं । भारतले वीरगञ्ज घटनाले नेपाल सरकार आन्दोलनकारीसँग भिडन्तको मुडमा देखिएको बताएको छ । उस्ले नेपाल सरकारले आन्दोलनको शान्तिपुर्ण अवतरण विर्सेर थप भिडन्त निम्त्याउन खोजेको आरोप समेत लगाएको छ ।
भारतीय विदेश मन्त्रालयद्धारा जारी विज्ञप्तीमा वीरगञ्जमा निर्दोष भारतीय नागरिक मारिएको पनि बताएको छ । विज्ञप्तीमा वीरगञ्ज घटनालाई गम्भिर चासोका रुपमा लिइएको उल्लेख छ ।
भारतीय विदेश मन्त्रालयको विज्ञप्तीमा सीमा नजिकै भएकाे घटनाले भारतका यातायात व्यावसायीहरु थप त्रसीत भएको र उनीहरुलाई जोखिम मोलेर नेपाल नजान निर्देशन दिइएको पनि उल्लेख छ ।
भारतले यस अघि पनि नेपाल असुरक्षीत रहेको भन्दै आपुर्ति रोकेको थियो । विज्ञप्तीमा नेपालको पछिल्लो अवस्था बारे सुष्म अध्ययन गरिरहेको पनि उल्लेख छ ।
भारतकै रणनीतिमा नेपाल प्रहरीले सीमामा धर्नामा बसेकालाई हटाएको थियो । भारतीय गाडीहरु सीमा पार भएपछि भारतले नै आन्दोलनकारी सीमा नाकामा पठाएर प्रहरीमाथि ढुंगामुढा गर्न लगाएको थियो ।
तत्पश्चात् भएको झडपमा भारतीय नागरिक मारिएका हुन् भने बिहान पक्राउ परेका आन्दोलनकारी मध्ये ५ जना भारतीय नै थिए ।sajhapatrika
Post a Comment
जनतालाई बलियो बनाउ सरकार ...
अब नेपाल सरकार पनि आफु भन्दा बढी जनतालाई माया गरेर भएको जति ग्यास, पेट्रोल र दैनिक उपभोग्य सामान सब भन्दा पहिला पिडित जनतालाई नै उच्च प्राथमिकतामा राखेर बाँड्नु पर्यो अनि देशको लागि सरकार संगै मिलेर लड्न भिड्न तयार हुन्छ । ग्यास आउछ२ भनेर हेर्दा हेर्दै गायव भएको जस्तो गरि आको पेट्रोल पनि दिने२ भनेर राता रात अन्तै चुहियो भने चुहाउनेलाई चीनको जस्तै मृत्यु दण्ड दिनु पर्छ, नत्र ... जे पनि हुन्छ है यदि मुखले मात्र साँच्चै जनता ठुलो भन्ने तर पतक२ झुक्कयौने मात्र हो भने ।