भारतले भन्यो-हाम्रा निर्दोष नागरिक वीरगञ्जमा मारिए
खतरा मोलेर नेपाल नजान ट्रक चालकलार्इ आग्रह
काठमाडौं : नेपाली सीमानामा अवरोध गर्ने क्रममा नेपाल प्रहरीको गोलीबाट एकजना भारतीय नागरिक मारिएपछि काठमाडौंस्थित भारतीय दूतावासले आफ्ना निर्दोष नागरिकको ज्यान गएको बताएको छ ।
नेपालको स्थितिबारेमा सोमबार दिउँसो विज्ञप्ती जारी गर्दै भारतीय दूतावासले वीरगञ्जमा भएको गोलीकाण्डप्रति आफ्नो गहिरो चासो रहेको जनाएको छ ।
'आज वीरगञ्जमा भएको गोलीकाण्ड र हामीलार्इ आइरहेको रिपोर्टहरुमा हाम्रो गहिरो चासो छ', भारतले भनेको छ, 'एकजना निर्दोष भारतीय नागरिक गोलीबारीमा मारिएका छन् ।'
भारतले यसअघि जारी गर्ने वक्तव्यकै शैलीमा नेपालमा जारी समस्या राजनीतिक भएको जिकिर गरेको छ । उसले अहिलेको समस्याको समधान बल प्रयोग गरेर गर्नै नसकिने जिकिर गरेको छ ।
टकरावको वर्तमान स्थितिमा समस्यका अन्तरनिहित कारणहरुको विश्वासपूर्वक र प्रभावकारी ढंगले नेपाल सरकारले सम्बोधन गर्नुपर्ने पुरानै अडान भारतले दोहोर्याएको छ ।
'भारतीय मालवाहक र भाडावाल साधनहरुबारेमा सीमामा बिग्रिएको स्थितिका कारण फेरि चिन्ता जनाउनुपरेको छ', वक्तब्यमा भनिएको छ, 'हामी उनीहरुलार्इ सावधानी अपनाएर आफूलार्इ खतरामा नहाल्न पनि सल्लाह दिन्छौं ।'annapurnapost
Post a Comment