१ मंसिर-
नेपालमा अंगिकृत नागरिकता लिएकाहरुलाई उच्च पदमा पुग्न दिने वा नदिने बहस भैरहेका बेला भारतीय पत्रिका नवभारत टाइम्सले एक सनसनीपूर्ण खुलासा गरेको छ ।
नवभारत टाइम्सको अनलाइन संस्करणका अनुसार भारतको एउटै जिल्लाका २० हजारभन्दा बढीले भारतीयसँगै नेपाली नागरिकता लिएका छन् ।
आगामी डिसेम्बरमा भारतमा हुन लागेको स्थानीय निर्वाचनमा नेपाली र भारतीय दुवै नागरिकता लिएकाहरुका कारण सतर्क हुनुपर्ने आशयसहितको समाचार उक्त पत्रिकाले छापेको छ ।
पत्रिकामा भनिएको छ- ‘अकेले महरागंज जिले की 80 किमी की सीमा नेपाल से लगती है, जहां 40 गांवों में लगभग 20,000 दोहरी नागरिकता वाले लोग हैं। इनके पास भारत और नेपाल दोनों ही देशों की नागरिकता है।’
पत्रिकाका अनुसार नेपालसँग सिमाना जोडिएको महाराजगन्ज जिल्लाको ८० किलोमिटर लामो क्षेत्रमा पर्ने ४० गाउँका २० हजार नागरिकसँग दोहोरो नागरिकता छ ।
ती व्यक्तिले भारतमा हुने लोकसभा, विधानसभा र ग्राम पञ्चायत चुनावका साथै नेपालमा हुने निर्वाचनमा समेत मत हाल्ने गरेका छन् ।
यस्तै, नेपालको बेलहिया र भैरहवा क्षेत्रका करिब १ हजार नेपालीले भारतको सुनौलीबाट नागरिकता लिएको पनि उक्त पत्रिकाले लेखेको छ ।
ताजाखबर
Post a Comment