नाकाबन्दीपछि कलाकारहले बिभिन्न तरिकाले यसको विरोध गर्दै आइरहेका छन् । साहित्यकारहरुले त आफ्ना सिर्जनाबाट मात्र होइन ¥यालीबाटसमेत नाकाबन्दीको बिरोध गर्दै आइरहेका थिए । बिरोध अब संगीतमा समेत पुगेको छ ।
यस्तै विषयमा कवि तथा गीतकार भुपिनको ‘बन्द गर नाका तर, बन्दिन म दास’ बोलको राष्ट्रभक्ति गीतको भिडियो सार्वजनिक भएको छ । समयले घच्घचाएर गीत लेखेको भुपिनले बताएका छन् ।
कमल खत्री, विश्व नेपाली, जमुना शर्मा, मिना सिंहले गाएको गीतमा नाकाबन्दीको बिरोध गर्दै नेपालीको वीरताको कुरा गरिएको छ । गीतलाई सहन प्रधानले संगीत भरेका छन् ।
Post a Comment