आइतबार, १५ कार्तिक
लहान । लामो समयदेखि मधेशमा आमहड्ताल जारी रहे पनि सरकार कानमा तेल हालेर सुतेको आरोप लगाउदै सिरहा सहित मधेशमा जारी आन्दोलनलाई सशक्त बनाउने तयारी गरिएको छ ।
राजेन्द्र महतो नेतृत्बवको सदभाबना पार्टी जिल्ला कार्य समिति सिरहाले अन्तरक्रिया कार्यक्रम गरी आन्दोलनलाई अझ कडा बनाउनेमा जोड दिएको हो ।
सिरहाको गोलबजारमा आयोजित अन्तरक्रिया कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताले सरकारको रबैया प्रति कडा आक्रोश प्रकट गरेका थिए । कार्यक्रममा नेतृ रेणु शर्माले सिमा नाकामा कडाई गरि काडमाडौमा दानापानी बन्द गर्ने चेताबनी दिइन् ।
मधेशको जायज माँग सम्बोधन गर्नमा सरकार कुनै कदम नचालेको आरोप लगाउदै मन्त्री भागबन्डामा ब्यस्त देखिएको भन्दै शर्मा आक्रोश ब्यक्त गरे ।
त्यस्तै पार्टीका केन्द्रिय सदस्य रोहित महतोले लामो समय देखि मधेश अंधकारमा रहेको बेला सरकारले दिपाबली र भोज भतेरमा लागि मधेशीलाई पछाडी गर्न खोजेको आरोप लगाए ।
Post a Comment