मैदान छाडेर किन भागे मोदी ?

काठमाडौं, १५ कात्तिक । नेपालमा अघोषित नाकाबन्दी गरी निकै आलोचना खेपिरहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमै अर्काे धक्का खाएका छन् ।
नेपालको मधेससँग जोडिएको भारतको बिहार राज्यमा भइरहेको निर्वाचनका क्रममा मोदीले धक्का आएका हुन् । निर्वाचनमा नितिशकुमारको जनता दल यूनाइटेड (जेडियू)सहितको मोर्चा र मोदीको एक्लो भारतीय जनता पार्टी प्रतिस्पर्धामा छ ।
सोही निर्वाचनमा बीजेपीको प्रचारप्रसारका लागि भाग लिन नेपालको मधेससँग जोडिएको भारतको विहार राज्य आएका मोदी मैदानबाटै गायब भएका छन् । बीजेपीले आयोजना गरेको सभामा अपेक्षा गरिएअनुसार जनसहभागिता नभएपछि प्रचार प्रसारको मैदानबाट मोदी दिल्ली गएका हुन् ।
उक्त समयमा प्रतिस्पर्धी गठबन्ध जेडियू मोर्चाले पनि समारोहको आयोजना गरेको थियो । अधिकांश जनता उक्त कार्यक्रममा गएका थिए । मोदी विहारबाट दिल्ली गएपछि विपक्षी गठबन्धनले भागेको आरोप लगाएका छन् ।
उनीहरुले चुनावी मैदानबाट मोदी भागेको आरोप लगाएका हुन् । यो विषयलाई प्रतिस्पर्धी मोर्चाले ठूलो मुद्दा बनाएको छ । विहारका मूख्यमन्त्री नितिशकुमारले समेत मैदानको सामना गर्न मोदी डराएको प्रतिक्रिया दिए । हाल विहारमा चौथो चरणको निर्वाचन भइरहेको छ । जहाँ मोदीको बीजेपीले हार्ने अनुमान गरिएको छ ।
एक समय निकै चर्चामा आएका मोदीलाई भेट्न मानिसहरुको लाइन लाग्थ्यो । तर, अहिले विभिन्न कारणले विश्वभरका मोदीका समर्थक कट्टर आलोचक बनेका छन् । यो घटनाले भारतमै समेत मोदीको लोकप्रियता घटेको देखाउँछ । (एजेन्सीको सहयोगमा)

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget