प्रहरीमाथि पेट्रोल बम प्रहार, चौकीमा आगजनी

काठमाडौं- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले पर्साको इलाका प्रहरी कार्यालय लङ्गरीमा आगजनी गरेका छन्। प्रहरीले बल प्रयोग गरेर वीरगन्ज नाका खुलाएको आक्रोसमा उनीहरुले प्रहरी चौकीमा आगजनी गरेका हुन्।


आगजनीपछि त्यहाँ कार्यरत प्रहरीहरुलाई इलाका प्रहरी कार्यलय पोखारियामा सारिएको पर्साका प्रहरी प्रमुख एसपी राजुबाबु श्रेष्ठले जानकारी दिए। 'प्रहरी कार्यालयमा कोही नभएको अवस्थामा आन्दोलनकारीले आगजनी गरेका हुन्,' एसपी श्रेष्ठले भने, 'आगजनीबाट भवमा क्षति पुगेको छ।'

त्यस्तै मोर्चाका कार्यकर्ताहरुले नाका पुनः बन्द गराएपनि वीरगन्जका विभिन्न स्थानमा आन्दोलनकारीले प्रदर्शन जारी राखेका छन्। आन्दोलनकारीले वीरगन्जको घन्टाघरस्थित प्रहरी बिटमा तोडफोड गरेका छन्।

प्रहरीले बसपर्कमा हस्तेक्षप गर्दै अश्रुग्यास र रबरको गोली प्रहार गरेपछि आन्दोनकारीले पनि प्रहरीमाथि पेट्रोल बम प्रहार गरेका छन्। बम प्रहारबाट कुनै मानवीय क्षति नभए पनि झडपमा क्रममा ८ जना प्रहरी घाइते भएकोएसपी श्रेष्ठले बताए।

झडपमा क्रममा तीन जना प्रदर्शनकारी पनि घाइते भएका छन्। वीरगन्ज-१८ का भुलन सरापलाई पिठ्युँ र खुट्टामा छर्रा लागेको बताइएको छ। त्यस्तै प्रहरीको लाठी प्रहारबाट वीरगन्जका सुभनारायण चौरसियाको खुट्टामा चोट लागेको छ। पेट्रोल बम हान्ने क्रममा अब्दुल रहमान हात जालेको प्रहरीले जनाएको छ। दुवैको नारायण उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।nagariknews

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget