१६ कात्तिक, बीरगञ्ज ।
नाकामा धर्ना बसिरहेका आन्दोलनकारीलाई बल प्रयोग गरेर प्रहरीले हटाएको छ । सोमबार विहानै प्रहरीले बल प्रयोग गरेर आन्दोलनकारीलाई हटाएपछि बीरगञ्ज नाका खुलेको हो ।
मितेरी पुलमा विगत ४० दिन देखि आन्दोलनकारी धर्नामा बसेका थिए । प्रहरीले विहान ४ बजे देखि नै आन्दोलनकारीलाई सीमा नाकाबाट हटाउन शुरु गरेको थियो ।
प्रदर्शनकारीले प्रतिकार गर्ने कोशिस गरेपनि प्रहरी उनीहरुलाई हटाउन सफल भयो । विगत ४० दिन देखि बन्द नाका खुलेपनि सवारी सधान आवत जावत गर्न सकेका छैनन् ।
बीरगञ्ज नाका बन्द हुँदा भारतबाट आएका सयौं ट्रक र कन्टेनर तथा इन्धनका ट्याङ्कर भारतीय नाकामै रोकिएका छन् ।
भारतीय नाकाबन्दीले जन्माएको हिरो
प्रहरीले परिचयपत्र हेरेर मात्र आवत जावत गर्न दिएका कारण आन्दोनकारी नाकामा जान पाएका छैनन् ।
भारतले बीरगञ्ज नाका बन्द रहेको विषयलाई नेपालमा नाकाबन्दी गर्ने मुख्य कारण देखाउँदै आएको छ । अव सरकारले बल प्रयोग गरेर नाका खुलाएपछि भारतको ब्यवहार के हुन्छ हेर्न बाँकी छ ।nepaliheadlines
Post a Comment