नाका परिवर्तन गरेका कन्टेनर भारतले रोक्यो
काँकडभिट्टा , १६ कात्तिक । नेपाल आउन नाका परिवर्तन गरेर पूर्व पुगेका मालबाहक कन्टेनरलाई पनि भारतीय सीमा सुरक्षा बलले रोकेको छ । मधेस आन्दोलनका कारण अन्य नाकाबाट आउन नसकेका कन्टेनर बाटो परिवर्तन गरेर काँकडभिट्टा हुँदै ल्याउन लागिएको थियो ।
मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत भीम अधिकारीका अनुसार बाटो तथा नाका परिवर्तन गरेर आएका मालबाहक कन्टेनरलाई समेत भारतीय सुरक्षा बल (एसएसबी)ले भारतपट्टि नै रोकेर राखेको छ । अधिकारीले करिब पाँच किलोमिटर लाममा रहेका मालवाहक सवारीसाधनको पछाडिपट्टी अन्यत्र नाकाबाट बाटो परिवर्तन गरेर ल्याइएका सामान रोकिएको बताए। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर रहेकाे छ ।purbelinews
Post a Comment