भक्तपुर, मंसिर २ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले मधेसमा आन्दोलन गरिरहेका नेताहरुसँगको निर्णायक बार्ता नेपालका लागि घातक साबित हुने दाबी गरेका छन् ।
भक्तपुरमा आज आयोजित साक्षात्कारमा बिजुक्छेले देशका नदीनाला भारतलाई दिएर बार्ता सफल बनाउनुभन्दा संघर्षलाई निरन्तरता दिनु नै जाती हुने बताए ।
मुलुकलाई संकट परेको बेलामा नै देशभक्त को हो र विदेशी दलालहरु को–को हुन् भन्ने प्रष्ट हुँदै जाने उनले बताए । उनले भने, ‘तराईका केही नेता तस्करहरु, कालाबजारीहरु र अपराधीहरुको भरमा छन् भन्ने कुरा तराईकै जनताले अहिले भनिरहेका छन् ।’
तराईमा सेना परिचालन गरेर परिस्थितिलाई नियन्त्रणमा लिनुपर्ने उनको भनाइ थियो ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई नेपाली राजनीतिका सबैभन्दा कमजोर नेताको संज्ञा दिदै बिजुक्छेले दाहाल र बाबुराम प्रधानमन्त्री हुँदा देशका लागि के काम गरे भन्ने समीक्षा गर्नुपर्नेमा जोड दिए ।
Post a Comment