‘भारतीय गुण्डाले दुःख दिए, तराईमा सेना परिचालन गरौं’

२०७२ मङ्शिर २ बुधवार
फोटो :रफत सञ्चार क्लबमा बोल्दै नेता बिजुक्छें । तस्बिर : रफत सञ्चार क्लब


भक्तपुर : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले तराई–मधेसमा भारतीय गुण्डाहरुले दुःख दिइरहेकाले सेना परिचालन गर्नुपर्ने बताएका छन् ।

रफत सञ्चार क्लबले बुधबार गरेको साक्षत्कार कार्यक्रममा बोल्दै उनले जनताबाट पराजित केही जमिनदारहरुको आडमा भारतीय गुण्डाहरुले दुःख दिइरहेकाले सेना परिचालन गरिनुपर्ने माग गरेका हुन् ।

‘जनताबाट पराजित जमिनदारहरुको आन्दोलनमा भारतका गुण्डाहरु आएर तराईका नेपालीलाई दुःख दिईरहेका छन्’, उनले भने, ‘तराई क्षेत्रबाट हटाइएका प्रहरी चौकीको बिस्तारलाई व्यापक बनाइ नेपाली सैनिकको समेत परिचालन गर्नुपर्छ ।’


नेपालमा दुईवटा तराई रहेको विषयलाई बुझ्न नसक्दा तराईका श्रमिकवर्ग तराई आन्दोलनबाट पिल्सिएको बताउँदै बिजुक्छेंले यो बेला स्थानीय निर्वाचन गर्न सके नाकाबन्दी समेत सहज हुने दाबी गरे ।

मधेस आन्दोलनको नेतृत्वसँगको निर्णायक बार्ता नेपालका लागि घातक सावित हुने पनि उनको दाबी थियो ।

‘देशका नदीनाला दिएर भन्दा बार्ता सफल बनाउनुभन्दा  संर्घषलाई निरन्तरता दिनु नै उचित हुन्छ’, उनले भने, ‘अहिलेको वार्ताल नेपालको हित नहुने र देशलाई दीर्घकालिन घाटा पुग्ने गरी नदीनाला सुम्पदै वार्ता सफल पार्ने काममात्र हुनेछ ।’

नेपाली राजनीतिमा सबैभन्दा कमजोर नेता प्रचण्ड रहेका जनाउँदै उनले प्रचण्ड र बाबुरामले आफ्नो प्रधानमन्त्रीको कार्यकालबारे समीक्षा गरिनुपर्ने पनि उनको भनाइ थियो ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले देशका नाममा दिएको सन्देश सकारात्मक रहेको उनको टिप्पणी थियो ।

सिंहदरबारमा झुन्डाएर राखिएका प्रधानमन्त्रीका तस्बिरहरु नियाली कसको कार्यकालमा कस्ता काम भएका थिए भन्ने मुल्याङ्कन र समीक्षा गर्नुपर्ने भन्दै उनले हाल आएर अरुलाई दोष लगाउने परम्पराको रोग परित्याग गर्नुपर्नेमा जोड दिए ।

उनले नाकाबन्दीले देश अस्तव्यस्त भइसकेको बताउँदै मन्त्रीहरुको कामबारे पनि प्रश्न उठाए ।

‘औषधिको हाहाकर छ अक्सिजन छैन तर पनि स्वास्थ्य मन्त्री के गरिरहेका छन् ? जटिल प्रश्न उब्जिएको छ’, उनले भने, ‘छिमेकी देशहरुमा नियुक्ति राजदूतहरु के हेरेर बसिरहेका छन् ? अन्य सहयोगी देशहरुसँग कुटनीतिक पहल गरी औषधि र अक्सिजन  ल्याउन पहल गरौं ।’
annapurnapost

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget