चाेरिएकाे साइकल फेसबुकले भेट्टायो

ललितपुर—अघोषित नाकाबन्दीपछि साईकलको महत्व बढेको छ। छोटो दूरीमा कार्यालय भएकाहरुका लागि त सवारी साधनको रुपमा साइकल उत्तम विकल्प नै हो।


यस्तै अभाबीचको सारथि बनेको साईकल चोरी भएपछि बिशेष अदालतमा कार्यरत न्यौपाने थरका एकजना कर्मचारी निकै तनाबमा रहे। जावलाखेल शान्तिचोकमा रहेको घर बाहिरबाटै असोज १३ गते चोरिएको साईकल उनले एक महिनापछि फेसबुकमार्फत भेट्टाउन सफल भएका छन्।

साईकल चोरी भएपछि शान्ति न्यौपानेले तत्काल महानगरिय प्रहरी परिसर ललितपुरमा उजुरी दिएकी थिइन्। प्रहरीमा यस अघि नै करिब आधा दर्जन महँगा साईकल चोरी भएको उजुरी परिसकेको थियो। घटनाको अनुसन्धानका लागि परिसर र अपराध महाशाखाको टोली खटिएको थियो ।

प्रहरीले कार्तिक १५ गते एकजना १४ वर्षे बालकलाई साईकल चोरीको घटनामा पक्राउ गर्न सफल भयो। उनका साथबाट बरामद भएका दुईवटा साईकल धनी खोज्न प्रहरीले साईकलको तस्बिर सहित सुचना आफ्नो फेसबुक पेजमा राखेको थियो। साईकल हराएको महिना दिनसम्म पनि कुनै सुचना नपाएपछि न्यौपाने परिवारले समेत साईकलको माया मारिसकेको थियो। एकदिन आफूले चढने साईकल फेसबुकमा भेटेपछि शान्तिले तत्काल प्रहरीलाई सम्पर्क गरेकी थिइन्।


परिसरबाट साईकल बुझेर लैजादै बिशेष अदालतका कर्मचारी। तस्विर:  दीपक


परिसरमा साईकल लिन आएकी शान्तिले सामाजिक सञ्जालका कारण नै आफुले साईकल भेटेको खुसी ब्यक्त गरिन्। 'अभावमा साथ दिने साईकल बिर्सेका थिएनौ, अचानक फेसबुकमा देखेपछि यहाँ आए', शान्तिले भनिन्।

प्रहरीले पछिल्लो समय सामाजिक सञ्जाललाई सूचना,जानकारी प्रभाव गर्ने उपयुक्त साधनका रुपमा प्रयोगमा ल्याएको छ। परिसर प्रमुख एसएसपी पिताम्बर अधिकारीले सामाजिक सञ्जालले प्रहरी अनुसन्धानमा समेत सहयोग पुगेको बताए। 'सामाजिक सञ्जालले सर्वसाधारणमा सुचना प्रभाव निकै प्रभवकारी भएको छ, कहिले त जटिल घटनाको अनुसन्धानमा समेत सहायक भएको पाएका छौ', उनले भने।

प्रहरी चोरी भएका साइकल सस्तोमा खरिद गरि बेच्ने सर्लाहीका सरोज साह, प्रदिप दास र भारत घर भई ललितपुर बस्ने उमेसकुमार साहलाई समेत पक्राउ गरेको छ। पक्राउ परेका तीनै जनाले चोरी भएका साईकल खरिद गरि महँगोमा बेच्ने गर्दै आएको अनुसन्धानमा खुलेको प्रहरीले जानकारी दियो। अपराधा महाशाखाका सई अजय खनालले साईकल मर्मत गर्ने पसल थापेर उनीहरुले साईकल चोर्ने र बेच्नेमा संलग्न रहेको बताए । उनले भने 'साईकल हराएको र चोरीएको उजुरीको सख्या बढेको छ, हामी थप समुहको खोजीमा छौं।'
nagariknews
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget