सिन्धुपाल्चोक, मंसिर २ । गत बैशाख १२ गतेको बिनाशकारी भूकम्पपछि अबरुद्व बनेको तातोपानी नाका केही दिनभित्रै खुलाउने तयारी गरिएको छ ।
आज चीनको खासास्थित नेलममा सम्पन्न दुई देशका अधिकारीहरुबीच भएको बैठकले नाका खुलाउने निर्णय गर्दै तयारी थालेको हो । अबको केही दिनमै ईन्धन लगायत अत्यावश्यक सामाग्री पठाउने गरी काम अघि बढाउने र अन्य आयात निर्यातका लागि भने केही समय लाग्ने सहमति चिनियाँ अधिकारीहरुसँग सहमति भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ल्ला अधिकारी बलभद्र गिरीले जानकारी दिए ।
खासामा रहेको नेपाली ब्यापारीहरुको सामाग्री नेपाल पठाउने सबै प्रक्रिया पुरा भईसकेको र केही दिनभित्र पठाईने पनि जनाईएको छ । बैठकमा खासा, नेलमका प्रमुख र चिनियाँ सुरक्षाकर्मी लगायतको सहभागिता थियो ।
imagekhabar
Post a Comment