काठमाडौँ, २ मङ्सिर-
भारतले नेपालमाथि लगाएको नाकाबन्दीविरुद्ध नेपाल सरकारको मन्त्रिपरिषद्ले निर्णय गरी समस्यालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्नेमा चुरे भावर लोकतान्त्रिक पार्टीले जोड दिएको छ ।
पार्टीले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गर्दै प्राकृतिक र मानवीय कारणले गर्दा नेपालीले सात महिनादेखि ठूलो समस्या भोग्नुपरेको बताउँदै यस समस्याको समाधानका लागि पनि यस घटनालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्नेमा अध्यक्ष भूमिराज निरौलाले जोड दिनुभएको हो ।
सम्मेलनमा अध्यक्ष निरौलाले लामो तपस्यापछि जारी भएको नेपालको संविधान २०७२ विश्वकै उत्कृष्ट रहेकाले कसैको निहीत स्वार्थका लागि जारी संविधानलाई संशोधन गर्दा झन् ठूलो समस्या आउने हुँदा संशोधन गर्न नहुने बताउनुभएको छ ।
नेपालमा जारी समस्याको तत्काल समाधानका लागि चीनसँगका नाका खोल्ने र त्यससँगै नेपाल र भारतबीचको १९५० को सन्धि खारेज गरी समयानुकूल नयाँ सन्धि बनाउनुपर्ने सम्मेलनमा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
etajakhabar
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.