चौधरीको सम्पत्ति १ अर्ब २० करोड डलर पुग्यो, विश्वकै धनी बिल गेट्स एक नं. मै कायम

22काठमाडौं । अमेरिकी अर्बपति बिल गेट्स फेरि पनि विश्वकै धनाढ्यको सूचीमा एक नं. मै परेका छन् । चिनियाँ रिसर्च संस्था हुरुनले बनाएको रिपोर्टअनुसार बिल गेट्सको कुल सम्पत्ति ८५ अर्ब अमेरिकी डलर रहेकामे छ । उनको सम्पत्ति १ वर्षमा २५ प्रतिशत अर्थात १७ अर्बले बढेको हो । त्यस्तै मेक्सिकोका उद्यमी कार्लोस स्लिम हेलु दोस्रो धनाढ्यमा उक्लिएका छन् भने तेस्रो नं.मा वारेन वफेट धकेलिएका छन् ।

यसैबीच नेपालका एक मात्र अर्बपति विनोद चौधरीको सम्पत्ति एक वर्षमा २० प्रतिशतले बढेको सो रिपोर्टले देखाएको छ । उनको कुल सम्पत्ति १ अर्ब २० करोड डलर अर्थात १ खर्व २० अर्ब नेपाली रुपैयाँको हाराहारीमा पुगेको छ । यसअघिको वर्षमा उनको सम्पत्ति १ अर्ब अमेरिकी डलर रहेको थियो ।
त्यस्तै चिनियाँ अर्बपति लि हेइजुन धनीको सूचीमा एक नं.मै रहेका छन् । उनीसँग कुल २६ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget