५० वटा मोटरसाइकलको स्कटिङमा आएका डन ‘चक्रे मिलन’ले किन पैसा बाँडे ?

डन चक्रे मिलनले रकम खर्चेर सामाजिक काममा हात हालेका छन् । गुण्डा नाइकेको उपाधि पाएका उनी किन पैसा खर्चेर सामाजिक काममा लागे भन्नेबारे निकै रहस्य बनेको छ । गोर्खा पुगेका उनले पैसा मात्रै खर्च गरेनन् कार्यक्रमको विशिष्ट अतिथि बन्न पनि भ्याए ।
उनलाई २० वटा मोटरसाइकलमा सवार युवा र आयोजक टिमका ५० वटा मोटरसाइकलमा सवार युवाहरुले स्कर्टिङ गरे । स्कर्टिङमा एमाले जिल्ला सदस्य बसन्त गुरुङ र नेविसंघका जिल्ला सचिव शरण श्रेष्ठ पनि सहभागि भए ।  उनी हरमटारी खेलकुद मैदानमा आयोजित फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा सहभागी भए । उनले गोर्खाली रनिङ कप फुटबल प्रतियोगिताको आयोजक हरमटारी यवा क्लवलाई दुई लाख एक हजार रुपैयाँ सहयोग गरे । गोरखाको छोप्राक गाविस–१ घर भएका उनी काठमाडौंको चक्रपथ क्षेत्रका डन मानिन्छन् । चक्रे मिलनलाई सुरक्षामा भने समस्या देखिएको थियो । उनलाई प्रहरीले निकैबेरसम्म खानतलासी गर्दा कार्यक्रम समेत ३ घन्टा ढिलो सुरु भएको थियो । हतियार हुनसक्ने आसंकाले उनलाई चेकिङ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यक्रममा चक्रे मिलनले आफ्नै नाममा स्थापित ‘मिलन फाउण्डेसनका तर्फबाट आर्थिक सहयोग गरे ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget