चकलेट खाने आदत हुनु त स्वभाविकै हो । तर, ओहायोकी ब्रिटनाको आदत भने फरक छ । उनी चकलेट होइन, मेकअप खान्छिन् । २२ वर्षकी ब्रिटना दिनमा १५ र २० पटक मेकअप खान्छिन् । म मेकअप नखाइ बाँच्न सक्दिन,उनले भनेकी छन्-तपाईले मन पर्ने क्यान्डीबार खाए जस्तै हो ।
उनी ५ वर्षको हुँदा यो अनौठो कुलतमा फसेकी हुन् । पहिलो पटक आमाको मेकअप खाएर यो अनौठो आदतको श्रीगणेश गरेकी थिइन्।
मेकअपको टेष्ट ब्राण्ड र कलरका आधारमा फरक हुने उनले सुनाइन् । उनी सामान्यतया धातु रंगको मेकअप खान्छिन् । सुरु-सुरुमा परिवारका अन्य सदस्यले थाहा नपाउन् भनेर उनले आफ्नो घरको विभिन्न स्थानमा मेकअप लुकाएर राख्थिन ।
मेरो कपाल लामो छ । त्यसैले म यसलाई मेकअप ल्याउने क्रममा लुकाउने ठाउँ बनाउँछु ।उनले चलाखी गर्ने तरिका सुनाइन् । उनले सातामा झण्डै २ सय डलरको मेकअप मात्र खान्छिन् ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Post a Comment