मनमा भएका अनेक प्रश्नका सम्बन्धमा साथीभाइसँग जानकारी लिएको भरमा चित्त बुझाउनुपर्ने बाध्यता हुन्छ, तर वास्तविकता के हो भन्ने कुरा धेरैलाई जानकारी हुँदैन र त्यही कुरा एक व्यक्तिवाट अर्को व्यक्तिमा सर्दै जान्छ । कतिपय व्यक्ति मिथ्या कुरालाई नै यथार्थ हो भन्ने मान्छन् । सम्भवत: त्यसैले होला, यो शल्यक्रियाका सम्बन्धमा समाजमा मित्थ्या धारणा विद्यमान छ । बन्ध्याकरण गराउने व्यक्तिमा भएका यौन जिज्ञासाहरूका वास्तविकता के हुन् त एकपल्ट नियालेर हेर्ने प्रयास गरौं । बन्ध्याकरणलाई खसी पारेको भनिए पनि यथार्थ त्यो होइन । गर्भ रहनका लागि पुरुषको वीर्यमा भएका शुक्रकीटको मिलन हुनु आवश्यक छ । पुरुष बन्ध्याकरण एउटा सामान्य शल्यक्रिया हो ।
यो शल्यक्रियामा पुरुषमा भएका दुवै शुक्रवाहिनी नलीलाई काटिन्छ, जसले गर्दा अण्डकोषबाट उत्पादित शुक्रकीट वीर्यमा मिसिएर निस्कन पाउँदैन । शुक्रकीट नभएपछि गर्भ रहने कुरै भएन । यौन उत्तेजना स्नायु प्रणाली तथा यौन अङ्ग संलग्न एक जटिल प्रक्रियाको क्रियाशीलता हो । यौन परिकल्पना, भावना तथा सोचाइहरू विशेष गरेर मस्तिष्कबाटै प्रस्फुटन हुन्छन् । यौनाङ्ग, स्तन वा छालाजस्ता विभिन्न स्रोतबाट प्राप्त उत्तेजना मस्तिष्कमै एकीकृत गरिन्छ तथा बुझिन्छ र यसको अभावमा मानव यौन प्रतिक्रिया चक्र पूरा हुँदैन । बन्ध्याकरण गर्दा यी कार्य प्रणालीलाई कुनै किसिमको नकारात्मक असर पर्दैन । त्यसैले यौनसम्बन्धी व्यग्रता तथा भावनाहरू यथावत् नै रहन्छन् ।
यौनेच्छालाई प्रभावित गर्ने महत्वपूर्ण रागरस (हर्मोन) टेस्टेस्टेरोन हो । यसलाई पुरुष यौन रागरस भनिन्छ । यो रागरस अण्डकोषबाट उत्पादन हुन्छ । यो रागरसले यौनेच्छामा प्रत्यक्ष रूपमा प्रभाव पार्छ । शुक्रकीटवाहिनी नलीलाई छानेर मात्र काटिने र बन्द गरिने हुनाले अण्डकोषको कार्य सम्पादन गर्न यो शल्यक्रियाले कुनै नकारात्मक असर पार्दैन । त्यसैगरी धेरैमा लिङ्ग उत्तेजित नहोला भन्ने चासो र चिन्ता हुन्छ । लिङ्ग उत्तेजित हुँदा लिङ्गमा भएका विशेष तन्तुमा रगत भरिन्छ र यो कडा, मोटो र ठाडो हुन्छ । बन्ध्याकरण गरिँदा त्यसको नजिक भएका स्नायु तथा रक्तनसालाई कुनै किसिमको चोट नपुगोस् भनेर विशेष ध्यान पुर्याइन्छ । यो शल्यक्रिया गर्दा लिङ्गको स्नायु तथा रक्तनसा वा लिङ्गलाई कुनै चोट वा खराबी पुग्दैन । त्यसैले लिङ्गमा रगत भरिने प्रक्रियामा कुनै अवरोध उत्पन्न गर्दैन ।
त्यसैले लिङ्गको उत्तेजनामा कुनै किसिमको नकारात्मक असर पर्दैन, अर्थात् रमाइलोसँग यौनसम्पर्क राख्न सकिन्छ । शल्यक्रियाको सामान्य असर हुने भए धेरैजसो व्यक्तिले हप्ता दिनपछि नै यौनसम्पर्कमार्फत आनन्द प्राप्त गर्न सक्छन् । यसमा पुरुषत्व हराउने भय हुँदैन । वीर्य पनि राम्रैसँग निस्कन्छ, त्यसमा शूक्रकीट नहुने मात्र हो । यस अर्थमा गर्भ निरोधका लागि बन्ध्याकरणका सम्बन्धमा सोच्नु उत्तम हुन्छ ।
साधन प्रयोग नगरी यौनसम्पर्क राख्न सकिन्छ ?
मानवले गर्भनिरोधका साधनको विकास गर्नुभन्दा पहिले देखि र अहिलेसम्म गर्भ निरोधका साधन प्रयोग नगरी यौनसम्पर्क गरिरहेका छन् । यो गर्नै नसकिने कुरा होईन । यसरी कुनै साधन प्रयोग नगरी यौन सम्पर्क गर्दा गर्भ रहने सम्भावना धेरै हुन्छ । यसरी आधुनिक साधन प्रयोग नगरी यौनसम्पर्क गर्नुपर्दा केही प्राकृतिक उपाय नभएका भने होइनन् । तपाईंले प्रयोग गरिरहनुभएको बाह्य स्खलन एउटा महत्वपूर्ण उपाय हो ।
त्यसैगरी क्यालेन्डर विधि अर्को उपाय हो । अहिले यसलाई Standard Days Method मा मालाको प्रयोगरी बढी प्रभावकारी बनाउने प्रयास भएको छ । पाठेघरको श्राव जाँच्ने वा तापक्रम हेर्ने जस्ता विधिको चर्चा गरिए पनि त्यसको अवलम्बन भने सजिलो छैन । यसलाई राम्रोसँग अवलम्बन गर्न सकिएन वा नसकिने स्थितिले गर्भ रहने सम्भावना वृद्धि हुन्छ । डा राजेन्द्र भद्रा, साप्ताहिक
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.