मेष (चू चे चो ला ली लु ले लो अ)
आर्थिक अफ्ठ्यारोबाट पिरोलिने समय रहेको छ । धन सम्पत्ति गुम्ने वा नासिने ग्रह योग रहेको छ । माया पिरतीका कुरामापछि परिने छ । झुठा आरोपहरुको सामना गर्नुपर्ने हुन सक्छ, सावाधान रहनु होला । अश्रद्वारा कठोर निर्णय लिन बाध्य पारिने छ ।
वृष (इ उ ए ओ वा वी वु वे वो)
ब्यापार फस्टाउने छ । लगानीको लागि सहि वातावरण बन्ने देखिएको छ । गुमेको धन पुन हात पर्नेछ । परीक्षा प्रतियोगितामा भने असफल हुने योग छ । विवादित कुरामा हात नहालेको बेस, ठुलो रुप लिन सक्छ । पारिवारिक सम्बन्धमा भने सुधार आउने छ ।
मिथुन (का कि कु घ ङ छ के को हा)
लामो समयबाट प्रतिक्षित बस्तु गुम्ने देखिएको छ । आय आर्जनका अवसरबाट विमूख भइएला । रचनात्मक भूमिकामा चुकिने छ । आफ्नो योग्यताको कदर नहुँदा पीडित भएको अनुभव गरिने छ । स्वास्थ्यमा खर्च हुने देखिएको छ । मित्रता कमजोर हुनेछ ।
कर्कट (ही हु हे हो डा डि डु डे डो)
ख्याल ख्यालमै गरेको कामले केही आशावादिता प्रदान गर्नेछ । नजिकको व्यक्तिबाट असहयोग हुने वा धोका हुने ग्रह योग रहेको छ । आत्मीयजन भने तपार्इको अनुकूल भएर आउने छन् । लामो समयबाट रोक्किएका काम सम्पन्न हुने छन् ।
सिंह (मा मि मू मे मो टा टी टु टे)
आफ्नो आचरणलार्इ लिएर अनेक अफवाह फैलिने जोग परेको छ । मित्रताका नयाँ आधारहरु सृजना हुने छन् । कर्म क्षेत्र विवादमा पर्ने खतरा रहेको छ । समयको प्रवाहलाई उचित सदुपयोग गर्न नसक्दा पछुताउनुको विकल्प छैन । जानेर पनि सहि गर्न सकिने छैन ।
कन्या (टो प पी पु ष ण ठ पे मो)
आय आर्जनका नयाँ अवसर हात लाग्ने छन् । ब्यापार आफू अनुकूल फल दिन सफल रहेकोछ । तार्किक क्षमता उच्च रहँदा बिरोधीहरु कमजोर पर्ने छन् । मध्यम राजयोगले अचानकै केही शुभ प्रतिफल दिनेछ । ब्यापार शुभ फली हुनेछ । मित्रको सहयोग पाइने छ ।
तुला (र री रु रे रो ता ती तू ते)
देख्दा देख्दै काम बिग्रँदा पनि मुकदर्शक बन्नुको विकल्प छैन । गलत सङ्गतले तपार्इंको मनोवल कमजोर पार्नेछ । आय स्तर खस्कने छ । विरोधीहरु आक्रामक भएर प्रस्तुत हुने छन् । मानमर्दन हुने खतरा समेत रहेको छ, सावधान रहनु होला ।
वृश्चिक (तो ना नी नू ने नो या यि यु)
प्रतिष्ठाको लडाइमा विजयी भइने छ । समाजमा कुसंस्कार विरुद्ध लड्ने उर्जा प्राप्त हुनेछ । दुःखीको सेवामा समर्पित भइने छ । आफ्नो कामको पक्षमा जस पाइने छ । शिक्षामा लगानीको योग रहेको छ । ब्यापर आफूले सोचे जस्तै हुने देखिएको छ ।
धनु (य यो भा भी भू ध फा ढ भे)
बनिसकेको काम आँखै अगाडि गुम्ने खतरा रहेको छ । मित्रसङगीबाट अशोभनीय ब्यवहारले चिन्तित बनाउने छ । राम्रो सोच्दा सोच्दै पनि नराम्रो भइने भएकोले निकै सावधानीपूर्वक अघि बढ्नु होला । विशेष गरी धनको कारोवारमा सजग रहनु पर्नेछ ।
मकर (जो जा जी खी खू खे खो गा गी)
आर्थिक उपार्जनमा प्रगति हुनेछ । सैद्धान्तिक पक्षमा अब्बल भइने योग रहेको छ । तार्किक क्षमता उच्च रहनुका साथै बोलीको कारण हुने ब्यापार फस्टाउने छ । पारिवारिक स्थिति सहज हुने एवम् मेलमिलापमा वृद्धि हुनेछ । आत्मशक्ति प्रवल हुनेछ ।
कुम्भ (गू गे गो सा सी सु से सो द)
सोचेका कामहरु सपनामै रहने छन् । सौखिन कार्यको ब्यापार फस्टाउने छ । सभा सम्मेलनमा आतिथ्य मिल्ने योग रहेको छ । ख्याल ख्यालमै गरेको कामले राम्रै मुनाफा दिनेछ । आर्थिक वृद्धि दर बढेपनि खर्चका बाटाहरु अरु बढ्ने छन् ।
मीन (दि दू थ भ ञ दे दो चा ची)
समयको सदुपयोग गर्नबाट चुकिने छ । परीक्षा प्रतियोगितामा भने सफल भइने छ । शैक्षिक कार्यमा गरेको लगानीले सार्थक परिणाम दिनेछ । आफ्ना कमजोरीबाट लाभ लिन खोज्नेबाट बच्नु होला । रमणीय स्थान भ्रमण हुने ग्रह योग रहेको छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Post a Comment