काठमाडौं, माघ २७
सरकारले सार्वजनिक सवारी सधानको भाडा घटाएको छ। काठमाडौं उपत्यका र तराईका जिल्लामा चल्ने सार्वजनिक यातायातमा २ दशमलव ३ प्रतिशत मात्रै भाडा घटाइएको छ। पहाडी जिल्लामा चल्ने बसहरुमा ४ दशमलव ३७ प्रतिशत भाडा घटाइएको छ।
ट्याक्सीमा १ दशमलव ६ प्रतिशत र तराई क्षेत्रमा ढुवानी गर्ने ट्रक लगायतका सवारी साधनमा १ दशमलव ६ प्रतिशत भाडा घटाइएको छ।
व्यवस्थापिका-संसदको विकास समितिले सोमबार सार्वजनिक यातायातको भाडा दुई दिनभित्र घटाउन सरकारलाई निर्देशन दिएको थियो।
भिडियो हेर्न क्लिक गर्नुहोस :
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.