एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ‘बेटी बचाउँ’ नारा बुलन्द बनाएका थिए ।
तर उनकै हरियाणामा एक यस्तो घटना सार्वजनिक भएको छ की जो सुनेर तपाईलाई पनि अचम्म लाग्न सक्छ ।
पीडित युवतीले आफूलाई ७० हजार रुपैयामा किनेर हरियाणाको कैथल लगेर बलात्कार गरेको बताएकी छन् ।
युवतीले प्रहरीमा फोन गरेर रामकहानीबारे जानकारी गराएपछि उक्त घटना सार्वजनिक भएको हो ।
उनलाई मिरा नामकी एक युवतीले विवाहका लागि भन्दै पार्कमा लगेर केटा देखाइन् । केटा हेरेर उनले सहमति जनाईन् । उनलाई ती व्यक्तिले हरियाणमा लगेर एक घरमा छोडे ।
त्यसपछि उनलाई एक कुटीमा लगेर जबरजस्त विवाह गराईयो । जबकी दिल्लीमा उनलाई अर्कै केटा देखाइएको थियो । युवकले उनलाई त्यही घरमा बन्दक बनाएर बलात्कार गरेका थिए । सोधपुछका क्रममा उनलाई ७० हजारमा किनेको खुलासा भएको थियो । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Post a Comment