धुर्मुस र सुन्तलीको प्रेम : डेटिङ जाने मौका नै पाएनौं

हास्य सिरियल ‘मेरीबास्सै’मा ‘धुर्मस र सुन्तली’को भूमिका गरेपछि एकाएक चर्चामा आएका हुन्, सीताराम कट्टेल र कुञ्जना घिमिरे । ललितपुरकी कुञ्जना र झापाका सीतारामवीचको प्रेम-सम्बन्धका प्रसंग निक्कै रोचक छन् ।
‘प्रेम दिवस’का अवसरमा अनलाइनखबरसँग आफ्ना प्रेम भाव साट्ने क्रममा दुबैजना खुबै खुले । सीतारामले कमेडी शैलीमा आफ्ना प्रेमका दिनहरु सम्भिmए । कुञ्जनाले चाहिँ सीतारामले गरेको प्रेम प्रस्तावलाई ३ बर्षसम्म कुराउँदा आएका उतार-चढावको कुरा गरिन् ।


हामी भ्यालेन्टाइनका ब्रान्ड एम्ब्यासडर
धुर्मुस : बिहे गरेपछि जतिबेला पनि प्रेम दिवस नै आउँदोरहेछ । हामी एकअर्काको साथमा नै भएकाले होला, यही दिनको प्रतिक्षा हुँदोरहेनछ । हाम्रा पालामा त भ्यालेन्टाइन यसरी उखपात रुपमै मानिसले मनाउँदैनथे । मलाई त लाग्छ, यतिबेला हामी भ्यालेन्टाइन डेको ब्रान्ड एम्ब्यासडर नै भैसकेका छौं ।
हामीले बिहे गर्नुभन्दा अगाडि एक बर्ष मात्र खतरनाक प्रेम गर्‍यौं । तर, प्रेमको एकहोरो प्रस्तुती त कति भयो कति ।सुन्तली : सायद हामीले अर्कैसँग भ्यालेन्टाइन मनाएको भए, यतिबेला एक-अर्काको साथ अर्कैसँग हुन्थ्यो होला । मलाई उहाँले प्रपोज गरेपछि मैले हुन्छ भन्न समय लगाएकी थिएँ । केटी मानिस भएपछि भविष्यको बारेमा पनि त सोच्नुपर्‍यो नि हैन र ? उहाँ राम्रो मान्छे हो भनेर मैले पहिले नै स्वीकार गरिसकेकी थिएँ । तर, करिअरको सुरुवातमा नै उहाँले  प्रेम प्रस्ताव राखेपछि मैले केही बर्ष सोच्न समय लगाएकी हुँ ।
एकसाथ काम गरेपछि भविष्यमा एकसाथ भैहालिन्छ नि भन्ने सोच त मलाई थियो । उहाँलाई मैले ३ बर्ष कुराएर मात्रै उहाँको प्रेम स्वीकार गरेकी थिएँ ।
दर्शकले जुराइदिएको जोडी
धुर्मुस : प्रतिक्षाको घडी लामो भए पनि मीठो हुन्थ्यो । हाम्रो सबै कुरा मिल्थ्यो । मैले प्रस्ताव राखेपछि यिनी बहुतै टिमुर्किइहालिन् । तर, पनि जिल्लामा कार्यक्रमका लागि जाँदा दर्शकले दायु र भाउजू भनेर बोलाउनुहुन्थ्यो ।
यसले मलाई त खुबै फाइदा नै भयो । मेरो पछाडि समर्थन गर्ने जनसंख्या बढ्दै गएको थियो । पछि यिनलाई पनि म सलमान खानजस्तो ह्यान्डसम लाग्यो होला, अनि स्वीकार नगरेर सुख नै पाइनन् ।
सुन्तली : एउटा कार्यक्रममा पुग्दा एक बुढीआमाले हाम्रो हात समातेर तिमीहरु दुबैजना बिहे गरेर बस्नु भन्नुभएको  थियो । मलाई त्यो दिन हामी एक अर्काकै लागि बनेका हौं कि भन्ने लाग्यो ।
एक अर्का बाहेकको प्रेम
धुर्मुस : मैले त प्रेम गर्ने समय नै पाइँन । झापामा उठ्नेवित्तिकै गोरु लिएर खेतमा गयो, १० बजेसम्म खेत जोतेर हतार-हतार स्कुल गयो । बेलुका फर्कियो, फेरि घरकै काम । पछि काठमाण्डौ करिअर बनाउनका लागि आएपछि ध्यान यसमै गयो ।
फेरि, म केटी भनेपछि आसपास पनि जान नसक्ने मान्छे हुँ । बाटोमा केटी देखे पनि अर्कै बाटो हिँड्थें । यसैले, केटीतर्फ खासै ध्यान नै गएन । म त भन्छु, दक्षिण एसियामा मजस्तो स्पष्ट बोल्ने कोही पनि छैन । त्यतिखेर फेसबुक भएको भए सबै ध्वस्त भैसक्थ्यो ।
सुन्तली : कोही देख्दा राम्रो नै लागेन भनेर त म पनि भन्दिँन । कोही राम्रो लाग्दा हेर्नै नहुने भन्ने पनि त छैन । तर, त्यतिबेला योसँग बिहे गर्नुपर्छ, डेटमा जानुपर्छ भन्ने नै थिएन । तर, मैले एकहोरो प्रेम कसैलाई गरिँन । जतिबेला मन पराएँ, उहाँलाई नै मन पराएँ र बिहे पनि भयो ।
चाँडो बिहेको पछुतो छैन
धुर्मस र सुन्तली : हामीलाई लाग्दैन हामीले चाडो बिहे गर्‍यौं । कहिलेकाँही त लाग्छ, ढिला बिहे किन गरियो होला ? अहिले हाम्री छोरी पनि भएकी छिन् । केही समय अगाडि नै बिहे गरेको भए अहिलेसम्म छोरी नै हुर्किसक्थिन् ।
हामीले बिहे गरेपछि कलाकारिता राम्रो भएको छ । हामी नायक-नायिका भएको भए सायद फ्यान घट्थे होला । हामीलाई दर्शकले नै बिहे गर्नु भन्नुभएको हो । हामीले हरेक काम सल्लाह गरेर गर्ने गरेका छौं । यसैले लाग्छ, हामीले बिहे गरेर ठीक गर्‍यौं ।
अहिले गरिने प्रेम
धुर्मुस : अहिले त प्रेम फेसन नै भयो । एकअर्कासँग भेट्नै पर्ने, डेटिङ जार्नैपर्ने चलन आयो । केटा पनि केटीलाई बाइक पछाडि राखेर विश्वकै कीर्तिमानी राख्नेझैं गरेर कुदाउँछन् । अगाडि कोही आयो भने त्यसलाई बाइकले नै उडाइदिन्छु भने  जसरी चलाउँछन् । अहिले त छोरी वा छोराको लभ परेन भने बाबु-आमा किन परेन भनेर बेहोसै हुने अवस्था आएको छ ।
सुन्तली : प्रेमलाई फेसनको रुपमा लिने चलनले समयलाई बिगारेको छ । हामी त कहिले पनि यसरी  डेटिङमा गएनौं । एकपटक मात्र डेटमा गयौं, त्यो पनि सिनेमा हलमा भाइ बहिनीसँग गएका थियौं । अहिले छोरा वा छोरीको प्रेमी वा प्रेमिका नहुँदा बाबुआमा खुबै चिन्तामा हुने अवस्था आयो । साथीले पनि किन अहिलेसम्म गर्लफ्रेन्ड वा ब्वाइफ्रेन्ड नबनाएको भनेर भन्ने अवस्था आएको छ ।
हाम्रो समयमा त कुनै केटासँग प्रेम गरियो भने त्यो ठूलो बिषय बन्थ्यो । गाउँ घरमा खुबै हल्ला हुन्थ्यो । तर, जमाना एकाएक

 बदलियो ।

प्रेम दिवसका अनेकाैं किस्सा
धुर्मुस : जब म थापाथलीबाट थापागाउँमा कोठा सरें, हामी भ्यालेन्टाइनको गिफ्ट किन्न बानेश्वर पुगेका थियौं । त्यहाँ मलाई सुन्तलीले सरस्वतीको मूर्ति किनिदिइन् । उनले पनि एक गिफ्ट मन पराइन् ।
सुन्तली : एउटा बेबी डल मलाई खुबै मन परेको थियो । त्यसको मूल्य ११ सय भनेपछि उहाँ ट्वाल्ल पर्नुभयो । यसपछि हामी अन्तै  जाउँ भनेर छिर्‍यौं ।
‘अब बाँकी समाचार मबाट’
धुर्मुस : गिफ्ट किनेपछि मैले स्कुटरमा बस भने । तर, उनी स्कुटरमा नै नचढी म अगाडि बढेछु । अगाडि गएर के खाने भनेर मैले सोधें । पछाडि फर्केर हेर्छु त उनी स्कुटरमा नै छैनन् । म त छक्क परें । फेरि फर्किएर बानेश्वरमा आएको त, उनी पुरै ठूलो आँखा गरेर बसेकी रैछन् । भ्यालेन्टाइन डेको दिनमा नै यस्तो भएपछि त उनी रीसले चुर भएकी थिइन् ।
सुन्तली : उहाँ आएपछि स्कुटरको हर्न बजाउनुहुन्छ । मैले हेर्दा नि नहेर्ने । उहाँले स्कुटीमा चढ भन्नुभयो, म चढिँन । यसो गर्दागर्दै हामी घर नै पुगेका थियौं ।
धुर्मुस : पोहोर पनि यस्तै किस्सा घट्यो । जावलाखेलमा एउटा गिफ्ट पसलमा छिरियो । ‘सुन्तली’ लाई दिने एउटा गिफ्ट दिनु भनें मैले । राम्रो एउटा गिफ्ट पसलमै प्याक भयो । गिफ्ट किनेर म घरमा पुगें । कहिले प्रेम गर्न नजान्ने, आज चै बबाल नै गर्छु भन्ने थियो । घरको भर्‍याङमा पुगेर म ‘आई लभ यू’ भन्दै माथि पुगें । माथि पुगेर गिफ्ट हेर्दा त, ‘मेरी क्रिसमस’ लेखिएको थियो ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget