काठमाडौं, माघ २२– चर्चित हाँस्य कलाकार दीपकराज गिरीले एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको १९ दलीय मोर्चाले एमाले अध्यक्ष केपी ओलीलाई पागलको संज्ञा दिनु गलत भएको तर्क गरेका छन् ।
उनले पागल कोहि पनि नभएको तर्क गर्दै नेताहरुलाई संबिधान बनाउने जटिल काम सुम्पने सोझा जनता चाहि पागल भएको व्यंग्यात्मक टिप्पणी समेत गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्–प्रचण्ड लगायतका नेताहरूले ओलीलाइ पागल भयो भनेछन्, मेरो बिचारमा यो सरासर ग़लत हो । ‘न ओली पागल हुन् न प्रचण्ड , तपाइहरू जस्ता ब्यक्तिलाइ संबिधान बनाउने जटिल काम सुम्पने हामि सोझा जनता चाहि पागल हौ ’ प्रचण्ड नेतृत्वको १९ दलीय मोर्चाको बुधबार बसेको बैठकले १० अर्ब दिए एमाओवादी मोर्चाले आन्दोलन रोक्छ भनेर ओलीले दिएको अभिव्यक्तिको भत्सर्ना गर्दै ओली शारीरिकरुपमा मात्रै नभई मानसिक रुपमा समेत असन्तुलित भएको गम्भीर आशंका उत्पन्न भएको भन्दै तत्काल उपचार व्यवस्था गर्न सरकारसँग माग गरेको थियो ।
Post a Comment