एजेन्सी ।
बलिउड अभिनेता सलमामा खान बलिउडमा सर्वाधिक सफल अभिनेता मध्ये भएपनि प्रेमको मामिलामा भने सर्वाधिक असफल खेलाडी मानिन्छन् । उनको जीवनमा अहिले सम्म प्रेमका कहानी संयोगान्त बन्न सकेका छैनन् । उनले कतिसँग सम्बन्ध राखे र कतिसँग ब्रेक अप ब्यहोरे भन्ने पनि हिसाव छैन ।
उनले जीवनमा अर्को एक ब्रेकअप ब्यहोरेको चर्चा बलिउडमा छ । उनकी पछिल्ली गर्लफ्रेण्ड युलिया बन्टुरले पनि सलमानलाई छोडेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । सलमान र युलियाबीच विगत केही समय देखि प्रेम प्रसंग चलिरहेको चर्चा थियो ।
सलमान युलियालाई विवाह गर्ने तयारीमा रहेको समेत केही समाचार सार्वजनिक भएका थिए । तर अव आएर रोमानियाली यी सुन्दरी पनि सलमानबाट टाढिइसकेको अनुमान गरिएको छ ।
सलमान खानलाई यस अघि विश्व सुन्दरी अभिनेत्री ऐश्वर्या रायले पनि छोडेकी थिइन् भने संगीता विजलानी लगायतका अन्य सुन्दरी पनि सलमानबाट टाढिएका थिए ।
Post a Comment