नासाले हालै प्रकाशित गरेको मंगल ग्रहमा जीवनको खोजीको लागि पठाइएको मानव रहित तथा स्वचालित रोवट 'क्युरिसिटि' को तस्बिरहरुमा शंकास्पद आकृतिहरु देखिएका छन्।
यि तस्विरहरुमा मानव जस्तै देखिने आकृतिहरु छन्। कामदारहरु उक्त रोबटलाइ मर्मत गर्न लागेजस्तै देखिएको बताइएको छ।
यदि यस्तो हो भने मंगल ग्रहमा जीवन सम्भव छ भन्ने प्रमाणित हुन्छ। तर यसरि देखिएका छाँया केबल कल्पना मात्र हुन् भन्ने नासाका वैज्ञानिकहरु को भनाइ छ।
छाँयामा कुनै पुरुष मानिस हातले रोवट मर्मत गरेजस्तै देखिन्छ। वैज्ञानिकहरु काल्पनिक मानिस हो भनेर दावी गरिरहेको बेला यस्तो छाँयाको मात्र फोटो प्रकाशित गरिनु अाफैमा शंकास्पद भने छ।
मंगल ग्रहमा पठाइएको रोबट 'क्युरिसिटि'। मंगल ग्रहमा जीवनको खोजीको लागि सन् २०११ नोभेम्बर २६ मा लञ्च गरिएको थियो यो रोबोट। सन् २०१२ अगस्त ६ मा ६८७ दिन लगाएर यो मंगल ग्रहमा अवतरण गरेको थियो। यो रोबोट को तौल ९०० किलो छ।
छाँयामा कुनै पुरुष देखिएको जसले कुनै हेल्मेट नलगाएका र छोटा नकोरिएको जस्तो देखिने चाहिँ कपाल भएको दाबी छ। पुरै शरिरलाइ सुटले ढाकेको र पछाडि अक्सिजनको लागि बोकिएको ट्याङ्कि जस्तो पनि देखिएको छ।
तर अन्य थरि दाबी गर्छन कि 'क्युरिसिटि' मंगलमा नै छैन, बरु पृथ्वीमा नै छ र मानिसहरु नै यसलाइ मर्मत गर्दैछन्।
1 क्युरिसिटि को मेकानिकल तथा प्रयोग गरिएका पाटपुर्जाहरुको नक्सा।
केहि भने यो तस्बिर केबल संयोग मात्र भएको दाबी गर्छन्। मानिस पनि पठाएको छ नासाले मंगलमा भन्ने विश्वास गर्नेले आफ्नो अनुमान सहि हुने भएको हुँदा यसरि मानिस देखिएको कुरा बाहिर ल्याएको पनि बताइन्छ।
क्युरिसिटि रोबोटले भने मंगल ग्रहमा मिथेन ग्यास भेटाएको संकेत पठाएको नासाले जनाएको छ। वैज्ञानिकहरु भने ब्याक्टेरिया जस्ता जीवहरुबाट मिथेन ग्यास उत्पादन भएको विश्वास गर्दै आएका छन्।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Post a Comment