राष्ट्रपति भण्डारीले भनिन् – नेपाली जनता फ्रान्सेली जनताको साथमा छन्

काठमाडौँ  – राष्ट्रपति विद्यादेवी भण्डारीले गए राति फ्रान्समा भएको आतङ्कवादी हमलाको भत्र्सना गरेकी छिन्।

राष्ट्रपति भण्डारीले उनका समकक्षी फ्रान्सिस होल्यान्डलाई सन्देश पठाई शोकको यस घडीमा नेपाल सरकार र नेपाली जनता फ्रान्स सरकार र फ्रान्सेली जनताको साथमा रहेको बताएकी छिन्।

फ्रान्सको राजधानी पेरिसका विभिन्न स्थानमा शुक्रबार राति दर्जनौँ विस्फोट भएको थियो । जर्मनी र फ्रान्सबीच मैत्रीपूर्ण फुटबल भइरहेको राष्ट्रिय रङ्गशाला बाहिर सबैभन्दा ठूलो विस्फोट राति ९ बजे भएको थियो । सो आक्रमणमा परी हालसम्म १२० जनाको निधन भएको छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget