राजनीतिक मुद्दा प्याकेजमा समाधान गर्न मोर्चाको माग

शिशिर ढकाल, काठमाडौं ।
आन्दोलनरत मधेशी मोर्चाले सिमांकन सहितको राजनीतिक मुद्दा प्याकेजमै समाधान गर्न माग गरेको छ । सिंहदरबारस्थित नेपाली कंग्रेसको संसदीय दलको कार्यलयमा आज भएको द्विपक्षीय छलफलमा मोर्चाले सिमांकनको बिषय पनि संशोधन प्रस्तावमा उल्लेख हुनुपर्ने माग गरेको हो ।
कंग्रेसले समावेशी, समानुपातिक प्रतिनिधित्व, जनसंख्याका आधारमा क्षेत्र निर्धारण सहित संसदमा दर्ता गराएको संशोधन प्रस्ताव सकारात्मक भएको मोर्चाको भनाई छ । सो प्रस्तावमा मधेशमा २ प्रदेश हुनुपर्ने संशोधन समेत थप गर्न मोर्चाले कंग्रेस समक्ष माग गरेको तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महिन्द्रराय यादवले जानकारी दिनुभयो ।
जवाफमा कंग्रेसले अन्य दलहरुसँग परामर्श गरी सो विषयमा निर्णय लिने बताएको यादवको भनाई छ । बैठकमा कंग्रेसले मधेश आन्दोलनका कारण जनजीवन अत्यन्तै कष्टकर भएको भन्दै आन्दोलनको स्वरुप परिवर्तन गर्न मोर्चालाई आग्रह गरेको थियो ।
जवाफमा मोर्चाले आफुहरुको माग सम्बोधन गर्ने दरीलो आधार पेश भए आन्दोलनको स्वरुप परिवर्तन बारे बिचार गर्न सकिने बताएको थियो ।
संविधान प्रति असन्तुष्टि जनाउदै तीन महिना भन्दा लामो समयदेखि जारी मधेश आन्दोलन तत्काल अन्त्य हुने सम्भावना नदेखेपछि प्रमुख दलहरु राजनीतिक मुद्दा राजनीतिक स्तरबाटै टुङ्ग्याउने पहलमा जुटेका हुन् ।   radiokantipur

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget