, २३ कार्तिक
काठमाडौं । नेपाल सरकारले सीमा क्षेत्रमा देखिएको अवरोध हटाउँन भारत सरकारलाई औपचारिक आग्रह गरेको छ ।
मन्त्रिपरिषदको सोमबार बसेको बैठकले औषधि, इन्धनजस्ता अत्यावश्यकीय वस्तुको आपूर्ति सहज बनाउन र नेपाल भारत सम्बन्ध सुधार गर्न औपचारिक रुपमा आग्रह गरेको हो ।
नेपालमाथिको नाकाबन्दी हटाउँन सकारात्मक रहेको संकेत गरेपछि नेपालले भारतलाई औपचारिक रुपमा आग्रह गरेको हो ।
यस्तै मन्त्रिपरिषद बैठकले मधेस केन्द्रित दलहरुले उठाएका अधिकांश माग पूरा भएको निष्कर्ष समेत निकालेको छ ।
मधेसी मोर्चालाई वार्तामार्फत समस्याको समाधान खोज्न आग्रह गर्दै आन्दोलनका क्रममा पक्राउ परेका नेता कार्यकर्ताको मुद्दा फिर्ताको प्रक्रिया सुरु भएको औपचारिक जानकारी गराउने निर्णयसमेत गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री शेरधन राईले जानकारी दिए ।nepalsandesh
Post a Comment