राष्ट्रिय सुरक्षामा गम्भीर खतरा भएका विदेशीहरुलाई देश निकाला गर्ने फ्रान्सको उद्घोष


काठमाडौँ, १ मंसिर । फ्रान्सले पेरिस आक्रामण पछि राष्ट्रिय सुरक्षामा गम्भीर खतरा भएका विदेशीहरुलाई देश निकाला गर्ने प्रक्रियामा तीव्रता दिने जनाएको छ ।

उसले हातहतियार तस्करीविरुद्ध थप कदम चाल्न युरोपमाथि दबाब श्रृजना गर्नुपर्ने र त्यस्ता गतिविधिमा संलग्नलाई फ्रान्समा ठूलो सजाय दिनुपर्ने व्यवस्था गरिने राष्ट्रपति फ्रान्सा ओलाण्डले बताए ।

ओलाण्डले आउँदा दिनहरुमा अमेरिकी राष्ट्रपति बराक ओबामा र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग छलफल गरेर आइएसविरुद्ध चालिने कदबारे छलफल गर्ने बताए।

अमेरिकाको पुरानो मित्र फ्रान्सप्रति समर्थन जनाउनका निम्ति अमेरिकी विदेशमन्त्री जन केरी प्यारिस पुगेका छन्। गएको शुक्रबार पेरिसमा भएको आक्रमणमा परी १२९ जनाको मृत्यु भएको छ भने ३५० भन्दा बढी घाइते भएका छन् ।
etajakhabar

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget