भारतको नाकाबन्दी विरुद्ध तराई मधेसमै बृहद शक्ति प्रर्दशन गर्ने तयारी, माग पुरा नगरिए ठप्पै बनाउने चेतावनी

३ मंसिर, काठमाडौ ।
चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले चुरे भावर प्रदेशको सुनिश्चितताको माग गर्दै तराई–मधेसमा शक्ति प्रर्दशन गर्ने भएको छ । सर्लाहीमा आज बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले चुरे भावर प्रदेशको सुनिश्चितता र भारतको नाकाबन्दी विरुद्ध तराई मधेसमै बृहद शक्ति प्रर्दशन गर्ने निर्णय गरेको हो ।



पार्टी अध्यक्ष बद्री प्रसाद न्यौपानेले पहिलो चरणमा आगामि शनिवार सर्लाही जिल्लाको हरिबनमा विशाल शक्ति प्रर्दशन गर्ने निर्णय गरिरहेको र अहिले आफूहरु त्यसको तयारीको लागि गाँउ गाँउमा अन्र्तक्रिया गर्दै हिडिरहेको बताए ।
उनले समग्र मधेसलाई दुई प्रदेशमा विभाजन गर्दा सरकारले २०६४ सालमा आफूहरुसँग गरेको ९ बुँदे सम्झौता अनुसारको चुरे भावर प्रदेश कहाँ हुन्छ भन्ने अन्यौलता बढेकोले बाध्यता बस आफुहरु आन्दोलनमा उत्रनु परेको दावी गरे ।

त्यसैगरी पार्टीले पतलैयादेखि बर्दिवाससम्म बृहद मोटरसाईकल र्यालीको पनि तयारी गरिरहेको अध्यक्ष न्यौपानेले बताए । न्यौपानेले आफुहरुको माग नसुनिए दोस्रो चरणमा चुरे भावर क्षेत्र ढप्प बनाउने चेतावनी दिए ।
sajhaonlinepatrika
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget