‘भारतको तलब खाएर’ चीनबाट इन्धन ल्याउन रोक्ने कर्मचारीमाथि हुने भो ‘एक्सन’ !

काठमाण्डु, २९ कात्तिक– बाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनले भारतीय नाकाबन्दीपछि चीनबाट इन्धन आयात गर्न अवरोध सिर्जना गर्ने काममा लागेका केही कर्मचारी हटाउने भएका छन् ।

इनधन आयातसम्बन्धी व्यापारिक सम्झौताका लागि हाल चीनमा रहेका उनले स्वदेश फर्केलगत्तै कर्मचारी सरुवाको तयारी गरेका हुन् ।

श्रोतका अनुसार त्यसका लागि मन्त्री पुनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत मनाइसकेका छन् । पुनले सामान्य प्रशासनसँग समेत कर्मचारी सरुवाका लागि अनुमति मागेका छन् । मन्त्री रेखा शर्मासँग अनौपचारिक कुराकानी भइसकेको र पुन फर्केपछि औपचारिक प्रक्रिया सुरु हुने श्रोतले बतायो ।
‘मन्त्रीज्यू नेपाल फर्कने बित्तिकै चीनबाट इन्धन ल्याउन नदिन सक्रिय रुपमा लागेका कर्मचारी सरुवाको प्रक्रिया सुरु हुन्छ’, मन्त्रीनिकट श्रोतले काठमाण्डु टुडेसँग भन्यो, ‘प्रधानमन्त्री पनि मुलुक गम्भीर संकटमा रहेका बेला राष्ट्रिय हितविपरीत विदेशीको निर्देशनमा चल्ने कर्मचारीलाई माया गर्नुहुन्न भन्नेमा सहमत हुनुहुन्छ ।’
बाणिज्य तथा आपूर्ति मन्त्रालय र आयल निगमका उच्च कर्मचारीको असहयोगका कारण चीनसहित तेश्रो मुलुकबाट इनधन आयात गर्ने सरकारी निर्णय कार्यान्यवनमा ढिलाइ भइरहेको छ ।
मन्त्रालय र निगमका उच्च अधिकारी नै भारतीय दूतावासमार्फत नियमित तलब बुझ्ने गरेको सूचना पाएपछि मन्त्री पुन आक्रोशित भएको श्रोत बताउँछ ।
‘जसले चीनबाट इनधन ल्याउन सरकारलाई असहयोग गरेका छन् ती सबैले दिल्लीको तलब खाने गरेका रहेछन्’, उनले भने, ‘बर्खास्त गर्दा अदालतमा जाने र फेरि पुनर्बहाली भएर आउने सम्भावना रहेकाले हाललाई त्यस्ता कर्मचारीलाई सरुवा गर्न लागिएको हो ।’
यद्यपि मन्त्रालयका कुनकुन र निगमका कुनकुन कर्मचारी सरुवामा पर्न लागेका हुन् भन्ने मन्त्री पुनले गोप्य राखेका छन् ।
चीनबाट इन्धन ल्याउन कर्मचारीले असहयोग गरेपछि मन्त्री पुन आफैं मन्त्रालयका सचिवलाई समेत सुइँको नदिई चीन गएका थिए । हाल उनी बेइजिङमा छन् ।

Post a Comment

aphno das ra janta apat ma paraka bela varatko sewa garni karma chari lai nepal sarkhar la fasi diyos yahi das ra janta ka "agi ramro huni cha

Syabas mantri jyu .yo kadam garema salut chha tapai lai

Syabas mantri jyu .yo kadam garema salut chha tapai lai

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget