मोदी असुरक्षित रहेको भन्दै विदेशमै विशेष ब्यवस्था

२९ कात्तिक, एजेन्सी ।
बेलायत तथा टर्कीको भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी असुरक्षित रहेको भन्दै विदेशमै सुरक्षाको विशेष ब्यवस्था गरिएको छ ।
नेपालीले मोदीलाई लल्कारेको भिडियो इन्टेरनेटमा भारइल



लण्डन पुग्दा नेपाली सहित भारतकै विभिन्न समुदायको विरोध खेपेका मोदीलाई अमेरिकी राष्ट्रपति बराक ओबामालाई भन्दा उपल्लो स्तरको सुरक्षा दिइएको थियो ।
भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभल तथा अन्य गुप्तर निकायबीच भएको कुराकानीमा मोदी असुरक्षित रहेको निष्कर्ष निकाल्दै विशेष सुरक्षा ब्यवस्था गर्न विदेशी गुप्तर निकायलाई सघाउने निर्णय गरेको हो ।

नरेन्द्र मोदी र डेबिड क्यामरुन नेपालको विषयमा बोले

गत अक्टोबरमा टर्कीको राजधानी अंकारामा बम विष्फोट भएको थियो । सोही विष्फोटपछि नै मोदीका लागि विशेष सुरक्षा ब्यवस्था गर्ने निर्णय गरिसकिएको टाइम्स अफ इण्डियाले जनाएको छ ।

टर्कीमा हुने जी २० सम्मेलनमा मोदीको सुरक्षामा बेलायतको गुप्तचर संस्था एमआइ-५ र इजरायली गुप्तचर संस्था मोसादले समेत सुरक्षा दिने जनाइएको छ ।

लण्डनमा भएका मोदी विरोधी प्रदर्शन, पेरिस आक्रमण र टर्कीमै भएको बम काण्डका विभिन्न कारणले मोदीलाई असुरक्षित दर्जामा राख्दै सुरक्षा स्तर बढाइएको हो ।

मोदीलाई सुरक्षा दिन सम्मेलन स्थल नजिकै विशेष विमान समेत राखिने टाइम्स अफ इण्डियाले जनाएको छ । त्यहाँ पनि मोदीलाई मानव अधिकार हननकर्ता भनेर विरोध प्रदर्शन हुन सक्ने अनुमान गरिएको छ ।
sajhaonlinepatrika

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget