जुवाको दाउमा पर्लान् श्रीमतीहरु

भनिन्छ–संस्कृति, धर्म र रहनसहनले मानव समाजलाई अनुशासनमा बाँधेर राख्छ । असल संस्कारको विकास गर्छ सँगसँगै सामाजीक परम्परा पनि जोगिन्छ । तर, हाम्रो समाजमा यस्ता पनि परम्पराहरु हुर्किंदैछन, जसले संस्कार र संस्कृतिको नाममा जन्मेका विकृति विषाक्त बनेर सुन्दर परम्परा र पर्वहरुको महिमा नष्ट गर्दैछ । यहाँ दाजुभाइ र दिदीबहिनीको सुमधुर सम्बन्ध, अटूटमाया र सद्भावको प्रतीकको रूपमा भाइटीका मनाउने परम्परा चल्दै आएको हो । पैसामा परिणत हुँदै तिहार तर सबै चिजको अनौठो संयोग भएको तिहार हालैका केही वर्षयता भड्किलो बन्दै गएको छ । सम्बन्धहरू पैसा र उपहारमा मात्र सीमित हुँदैछन् । देउसीभैलो विदेशी
गीतमा गरिने भड्किलो नाचगान र देउसी खेलिने घरको व्यक्तिको स्वेच्छाले नभई देउसीरेले जवर्जस्ती माग्ने पैसामा गणना हुँदैछ । तिहार भनेपछि अनावश्यक जुवातास, कौडी, लङ्गुरबुर्जा र अन्य त्यस्तै परिवारको आर्थिक हिनामिना हुने खेलमा परिणत हुँदैछ । श्रीमान जुवा खेली हार्दै जाँदा र श्रीमती जुवाको दाउमा पर्दा विगतमा कति घरवार विग्रिन पुगेका धेरै उदाहरण छन् समाजमा । तिहारलाई जाँडरक्सी सेवन गर्ने र मार्रा हान्ने जुवाडेको पर्व बनाउनेतर्फ आधुनिक नामको समाज उद्यत देखिन्छ ।
जुवातास खेल्ने र जाँडरक्सी खाएर मात्तिने अनि झै–झगडा गर्ने जस्ता विकृति–विसंगति अन्त्य गर्नतिरभन्दा त्यसलाई मलजल गरिरहेका छौँ । रमाइलोका नाममा एक किसिमले नजानीकन हामीले गलत संस्कृतिलाई परम्पराको पगरी लगाइदिएर त्यसलाइृ निरन्तरता ramhari gajurelदिइरहेका छौँ । दशैँ, तिहार र छठमा पटाका पड्काएर, जुवा–तास खेलेर पर्वको मर्म विपरितका कार्य हुन्छन् । विशेषगरी तिहार र दीपावलीमा सहरी तथा ग्रामिण भेगमा जुवातास, कौडा खुलेआम खेलिन्छ । जुवातास र कौडाको खालमा भुलेर बस्नेहरुलाई भोक लागेको कुनै मतलव हुँदैन र खान पनि बिर्सन्छन् । घरमा बालबच्चा र परिवारलाई दुइछाक खुवाउन धौ–धौ पर्नेहरु मोटो रकम ऋण काढीकाढी भनेपनि जुवामा हारेर कंगाल बन्नेहरु थुप्रै छन् हाम्रो समाजमा । दुःख गरीगरी पसिना बगाएर कमाएको पैसा जुवाको खालमा मिल्काउने यस्तो उनुत्पादक कार्य मनोरञ्जनको नाममा विकृति नै हो । कुनै मान्छे जुवातास खेलेर धनी बनेको आजसम्म कहिल्यै सुनिएको र देखिएको उदाहरण पनि छैन । जुवाको लतले सुन्दर व्यक्तित्य र सुखी परिवारका आदर्शहरु भताभुंग भएर भत्केको कैयौँ उदाहरणहरु जिउँदै छन् । त्यतिमात्र होइन जुवातासकै निहुँमा आपसी झैझगडादेखि मान्छेको ज्यान नै मार्नेसम्मका अपराधका घटना यसकै कारणले जन्मीरहेका छन् । यसैले जुवातासलाई समाजको सबैभन्दा ठूलो र अदृष्य अपराध हो ।

प्रशासन र प्रहरी कार्यालय लगायत प्रशासनिक कार्यालयनजिक दर्जनौँ स्थानमा कौडा, तास खेलिन्छ, खेलाइनछ, हेरिन्छ र मनोरञ्जन लिइन्छ । दीपावलीको दिन त हाम्रा गाउँघरमा प्रायः घर अगाडी कौडा, जुवा खेलिन्छ । जाँडरक्सी सेवन र जुवातास खुलेआम खेल्नु खेलाउनु कानुनी दृष्टिले सामाजिक र वैधानिक छैन । यस्ता खेललाई समर्थन पनि गर्ने अवस्था छैन तर, अधिकांश यसैमा रमाउँछन् भने प्रशासन चार्डको अवसर भनेर मूकदर्शक बन्छ । समाजले यसलाई परम्परा निर्वाहको रुपमा लिन्छ । परम्परा निर्वाहकै सिलसिलामा कानुनविपरितका काम प्रशासन अगाडी हुनुले प्रशासन कमजोर भएको सावित त हुन्छ नै, काननुनको महतव पनि कमजोर हुन्छ । विधिको शासनमा पनि प्रश्नचिन्ह नलाग्ने देखिन्न । यसबाट रुढिवादी परम्परा संरक्षणको नाममा समाज अपराधउन्मुख भएको भन्न सकिन्छ ।
यस्तो छ जुवातासविरुद्धको कानुन
नेपालमा जुवातास सम्बन्धि एक मात्र रहेको कानुन जुवा ऐन, २०२० को दफा २ ले सम्पति हार्ने वा जित्ने गरी कुनै संयोगका आधारमा वाजी थापी खेलेको कुनै खेल जुवा कहलिन्छ भने दफा ३ अनुसार कुनै व्यक्तिले जुवा खेल्न–खेलाउन वा जुवा खेल्ने खाल थाप्न वा आफ्नो हकको वा भोगचलन वा जिम्माको कुनै घर, कोठा वा खेलाउने काममा व्यवहार गर्न वा गराउनु हुँदैन । जुवातास खेलेको ठाउँमा बस्नुसमेत हुँदैन । त्यस्ता कार्य गर्न कसैलाई कुनै किसिमको सहयोगसमेत गर्नु हुँदैहुँदैन । यस प्रावधानविपरित कार्य गरेमा दफा ४ अनुसार सजायँसमेत भोग्नुपर्ने कानुनी प्रावधान छ ।
जुवा खेलेमा पहिलोपटकका लागि एक महिनादेखि दुई कहिनासम्म कैद, तेस्रो पटकदेखि एक वर्ष कैद गर्ने कानुनी प्रावधान छ । कसैले आफ्नो घरका कोठामा जुवाको खाल थाप्न दिएमा पहिलोपटकका लागी तीन सय रुपैयाँ जरिवाना र दोस्रो पटकदेखि तीन महिनादेखि नौ महिनासम्म कैद गर्ने प्रावधान कानुनले गरेको छ । जुवा खेल्न खेलाउन सरसापट दिएमा थैली भुस हुनुका साथै थैलीको डेढी जरिवाना हुने प्रावधान छ । दफा ५ अनुसार जुवा खेल्न प्रयोग गरिएका सबै सामान जफत गरिने प्रावधान छ । यसरी कानुनले जुवातासलाई हेर्न सम्मको अनुमति दिएको छैन । जुवातास खेल्न सरसापट पनि दिन पाइँदैन । यसबाट के देखिन्छ भने जुवातास जस्ता सामाजिक विकृति रोक्न बैधानिक रुपले राज्यले प्रयास त गरेको छ तर, कार्यान्वयन पक्ष कमजोर छ । प्रभावकारी कानुन हुँदा पनि चार्डपर्वको बहानामा खुलेआम खेल्ने जुवातास खेलले विधिको शासनको बर्खिलाप गरेको छ भन्न सकिन्छ ।
विधिको शासनले भन्छ–समाजमा हुने हरेक प्रकारको त्रियाकलाप कानुनअनुसार हुनुपर्दछ । यदी जुवातासलाई समाजले प्रथाको रुपमा मान्यता दिएको छ भने प्रथाजन्य कानुनअनुसार मान्यता दिनुपर्छ, होइन भने कानुन कार्यान्वयन गरेर रोक लगाउन सक्नुपर्दछ । कानुन पनि राख्ने र विकृति हुन पनि दिने यस्ता विरोधाभास अवस्थाले विधिको शासनलाई चुनौती दिएको छ । खुलेआम घरजग्गामा ऋण कर्जा लिएर सम्पति बिक्रि गरेर मधेशमा जुवातासको खाल थापिन्छ र खेलिन्छ । खेल्नेभन्दा बढिले मनोरञ्जन लिइरहेका हुन्छन् । खेल हेर्दाहेर्दै दर्शकहरु पनि पछि आफैँ खेल्ने गरेको दृष्टान्त छ ।
विधिको शासन बहालीको निम्ति हरहालतमा कानुनको पालना सबैले गर्नैपर्छ, चाहे नागरिक हुन् वा समाज वा शासक वा प्रशासक नै किन नहुन् । कानुनको पालना नगरे अराजकता र दण्डहिनता निम्तिन्छ । जुवा ऐन, २०२० ले जुवामा कडा प्रतिबन्ध लगाए पनि समाजमा खुलेआम जुवातास खेल्नुले कानुनको उपहास भएको छैन भने भन्न सकिन्न । परम्परा र मनोरञ्जनका नाउँमा जुवातास खेल्नैपर्ने बाध्यता छ भने त्यो हदसम्मको छुट कानुनमा संसोधन गरेर गर्नुपर्छ । होइन भने कानुनअनुसार कार्यान्वयन गर्न सक्नुपर्छ । समाजले पालना गर्न नसक्ने कानुनको कुनै अर्थ छैन ।
जुवातास खेल्ने तथा आतशबाजी, पटाका र अन्य त्यस्तै हानिकारक कुराहरू पड्काएर धन पैसाको विनाश नगरौं, शारीरिक अङ्गभङ्ग हुनबाट बालबालिकालाई जोगाऔं । चाडैचाडको मौसममा यसलाई अर्को मेलमिलापको चाडको रूपमा मानिने र मनाइने अवसर जुटाऔं । यसको धार्मिक, सांस्कृतिक, सामाजिक र आर्थिक महत्व प्रष्ट ननाशिने गरी देउसीभैलो खेल्ने, टीका लगाउने, अखाद्य पदार्थ मिसाएर बनाएका आकर्षक र मीठा देखिने परिकारमा नझुक्किई स्वच्छ, घरेलु, खाद्य पदार्थबाट बनेका परिकार खाएर खुसीयालीसाथ मनाउने काम गरौं । सम्बन्धका आयामहरू विस्तार गरी विकृति, विसङ्गति तोडेर सकारात्मक सोचसहित यसलाई दीपावलीको साँझमा बालिने लाखौं बत्तिजस्तो झिलीमिली, धूपजस्तो सुगन्धित, फूलजस्तो कोमल र सुन्दर, यमराज र यमुनाको जस्तो दाजुभाइ र दिदीबहिनीको स्नेहको पर्वको रूपमा विकास गरौं । संस्कृतिलाई विकृतितर्फ जान नदिने पनि हाम्रो आफ्नै अभिभारा पूरा गरौं । चार्डपर्वलाई नेपाली मौलिक संस्कृतिको अभिन्न अङ्गको रूपमा विकास गरौं ।.ratopati
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget