विनोद भण्डारी, विराटनगर ।
नाकाबन्दीले खाना पकाउने ग्याँस नपाएपछि विराटनगर र आसपासका सर्वसाधारण सीमावर्ती जोगबनी बजार पुगेर विधुतीय चुल्हो र त्यसमा लाग्ने उपकरण ल्याउने क्रम वढेको छ । बजारमा ग्यास पाउन छाडेपछि बैकल्पीक उपायका रुपमा यो नाकावाट दैनिक सरदर दुईसय भन्दबढी विधुतिय चुल्हो भित्रिने गरेको पाइएको छ ।
विराटनगर–११ मधुमाराका अच्युत कार्कीले सीमावर्ती जोगबनी बजारमा पुगेर ५ हजार रुपैयामा विधुतीय चुल्हो किने । त्यतीनै रुपैया खर्चेर त्यो चुल्होमा दाल, भात र तरकारी पकाउन प्रयोग गरिने कुकर, कराई र ताप्के पनि खरिद गरे । विधुतको लाईन हुँदा अव ग्याँस नपाएपनि मेरो घरमा खानाका परिकार पाक्छ । कार्कीले भने यो विधुतवाट चल्ने चुल्हो र त्यसकैलागि निर्माण भएका कुकर, कराई र ताप्केमा खाना पकाउदा एलपी ग्यासको तुलनामा निक्कै सस्तो पर्दो रहेछ ।
दश हजार रुपैया खर्चेर विधुतवाट खाना पकाउने स्रोत साधान जोडे । उनले भने भात, दाल, तरकारी र पानी तताउदा कतिमात्रामा विधुत प्रयोग गनुृपर्छ त्यो सवै विधि चुल्होमा उल्लेख छ । त्यसकै आधारमा खानाका परिकार वनाउदा ग्याँस भन्दा कम लागतमा पाक्दो रहेछ ।
भारतको नाकाबन्दीपछि सरकारले खाना पकाउने ग्याँस उपलब्ध गराउन नसक्दा चारजनाको परिवारलाई एकसातासम्म गोवरको गुईठो बालेर खाना पकाएर खुवाएको वताउने मोरङ कसेनीकी गृहणी उर्मिला अधिकारीले भनिन् ।
सरकारले विधुत नियमित गरेर कम्तीमा १० हजार रुपैया खर्च गर्नसक्ने कुनैपनि परिवार भोकै वस्नु पर्दैन । सरकारले खाना पकाउने इन्धन दिन सकेन । त्यसको विकल्प सर्वसाधारण आफैले खोजेका छन । अधिकारीले भनिन् सरकार अब हामीलाई ग्याँस होइन विजुली नियमीत दे इन्धन जनता भोकै वस्दैनन् । उनी शनिवार ५ हजार मूल्यको विधुतीय चुल्हो र त्यतीनै रकममा त्यही चुल्होमा प्रयोग गरिने कुकर, कराई र ताप्के जोगबनी बजारवाट किनेर फर्कर्द थिइन ।
भारतको अघोषित नाकाबन्दी पछि खाना पकाउने ग्याँसको चरम अभाव भएपछि कार्की र अधिकारीमात्र नभएर यहाँका अधिकाँश गृहणी कम्तीमा १० हजार रुपैया खर्च गरेर ग्याँसको विकल्पमा विधुतीय चुल्हो र त्यसमा प्रयोग गरिने भाँडकुँडाको जोरजाममा लागेका छन । विधुतीय चुल्हो र त्यसमा प्रयोग हुने भाँडा वर्तन खरिद गर्नैकालागि विराटनगर र आसपासका गृहणीको दुईसातादेखि सीमावर्ती जोगबनी बजारमा भीड लाग्ने गरेको छ । त्यहाँ पुगेका अधिकाँश गृहणी फर्कदा झोलामा बिधुतीय चुल्हो र त्यसमा प्रयोग गरिने भाडाकुँडा बोकेर फर्कर्दै गरेको अवस्थामा भेट्टिन्छन । केही राजधानी लगायतका ठाउँमा वस्ने आफन्तलाई पठाउन समेत किनेर ल्याउदै गरेको भेट्टिन्छन ।
कम्तीमा ३ हजारदेखि माथि मूल्यमा पाइने विधुतीय चुल्हो र त्यतीनै रुपैया पर्ने कुक, कराई र ताप्केको व्यापार सीमावर्ती जोगबनी बजारमा भारतीय नाकाबन्दीपछि हवात्तै बढेको छ । नाकाबन्दी पहिला आफनो पसलमा महिनामा ४ वटापनि विधुतीय चुल्हो विक्री हुँदैन थियो । एक व्यापारीले भने जोगबनीवाट एलपी ग्याँस नेपाल जानछाडेपछि अहिले दैनिक सरदर सयवटा भन्दाबढी विधुतीय चुल्हो र त्यसमा लाग्ने कुकर, कराई र ताप्के विक्री गर्दै आएको छु । यहाँ दर्जनबढी यस्ता पसल छन । ति सवै पसलको विक्री अहिले अत्याधिक बढेको उनको भनाई छ ।
दुईसातायता जोगबनी नाकावाट दैनिक सरदर दुईसय भन्दाबढी विधुतीय चुल्हो र त्यसमा प्रयोग गरिने औजार गृहणीले विराटनगर लगायत आसपासका क्षेत्रमा लैजाने गरेको विराटनगर भन्सारको प्रारम्भीक तथ्याङक छ । radiokantipur
Post a Comment