मधेस आन्दोलनले भारतसँगको व्यापार घटायो

१६ कात्तिक, काठमाडौं । तराईमा जारी आन्दोलनले भारतसँगको व्यापार घटाएको छ । आयात १९ प्रतिशतले र निर्यात २२ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले सार्वजानिक गरेको भदौ महिनासम्मको देशको वर्तमान आर्थिक स्थितिमा भारतबाट हुने आयात गत वर्षको सोही अवधिकोभन्दा १६ अर्ब ३० करोडले घटेको उल्लेख छ ।
यो वर्षको भदौ मसान्तसम्ममा भारतबाट ६५ अर्ब ५५ करोड ५२ लाख रुपैयाँ बरोबरको आयात भएको राष्ट्र बैंकले जनाएको छ । गत वर्षको ८१ अर्ब ८५ करोड २५ लाख रुपैयाँको आयात भएको थियो ।
अघिल्लो वर्षको तुलनामा गत वर्ष १८ प्रतिशतले बढेको आयात गत वर्षको तुलनामा यस वर्ष भने १९ प्रतिशतले घटेको छ ।
त्यसैगरी राष्ट्र बैंकका अनुसार भदौ मसान्तसम्ममा नेपालबाट भारतर्फको निर्यात पनि २२ प्रतिशतले घटेको छ । गत वर्षको भदौमा ८ अर्ब ७६ करोडको रुपैयाँको निर्यात भएकोमा यो वर्षको भदौमा ६ अर्ब ७६ करोड रुपैयाँको मात्रै निर्यात भएको छ ।
गत साउनदेखि मधेसी मोर्चाले तराई बन्द गर्दै आएको छ । तराई बन्द भएका कारण ढुवानीमा समस्या उत्पन्न हुँदा भारतबाट हुने आयात प्रभावित भएको हो ।
गत असोज ३ गते संविधानसभाले नयाँ संविधान जारी भएपछि रुष्ट भएको भारतले असोज ५ गतेदेखि अघोषतिरुपमा नाकाबन्दी नै लगाएको छ । जसअनुसार असोज महिनाको रिपोर्टमा भारतबाट हुने आयात अझ घट्ने भएको देखिएको छ ।
आर्थिक वर्ष २०७१/०७२ मा नेपालले भारतबाट कूल ४ खर्ब ९१ अर्ब ६५ करोड रुपैयाँ बराबरको आयात गरेको थियो । जसमध्ये १ खर्ब १० अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पद्धार्थ आयात गरेको थियो ।
हालैमात्र सरकारले चीनबाट पेट्रोल ल्याउने सैद्धान्तिक सम्झौता (एमओयू) गरिसकेकाले आउदा दिनमा भारतबाट हुने आयात निकै कम हुने भएको छ । पेट्रोलियम पद्धार्थको व्यापारसँग चीनसँग अन्य व्यापारमा पनि वृद्धि हुने अपेक्षा गरिएको छ ।onlinekhabar

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget