हुलाकी न्यूज, वीरगंज, १६ कार्तिक । सोमबार बिहानै वीरगंज-रक्सौल नाकास्थित मैत्री पुलमा सुतिरहेका प्रदर्शनकारीमाथि प्रहरीले छापामार शैलीमा आक्रमण गरेपछि वीरगंजमा विरोध सुरु भएको छ ।
वीरगंजको चौक चौकमा प्रदर्शनकारीले बिहानैदेखि टायर बालेर प्रदर्शन सुरु गरेका छन् । वीरगंज नगरभित्रका बाटोमा पनि अवरोध गरिएको छ । विगत केही दिनदेखि शान्तिपूर्ण जुलुस र कोणसभा हुँदै आएको वीरगंज प्रहरी हस्तक्षेपका कारण फेरि तनावग्रस्त बनेको छ ।
स्थानीय पत्रकारहरुका अनुसार वीरगंजको सडकमा ५० औं हजार प्रदर्शनकारी गाउँगाउँबाट आएका छन् । वीरगंजको अवस्था नियन्त्रणबाहिर जानसक्ने उनीहरुले बताएका छन् ।
Post a Comment