रञ्जीत रेलाई देशनिकाला गरिने ! नेपालविरुद्ध गतिविधि नगर्न परराष्ट्रमन्त्रीको चेतावनी

काठमाडौं, १० मंसिर । गत सोमबार स्पष्टिकरणको
लागि परराष्ट्र मन्त्रालयमा निम्त्याइएका
भारतीय राजदूत रञ्जित रे र उपप्रधान तथा
परराष्ट्रमन्त्री कमल थापाबीच भनाभन भएको तथ्य
बाहिर आएको छ ।
नेपालमा जारी नाकाबन्दी र लैनचौरस्थित
भारतीय दूतावासले सरकारविरुद्ध मोर्चाबन्दी
गरेको सन्दर्भमा जानकारी माग्न दूतावास
बोलाइएका राजदूत रेले ठूलो ठूलो कुरा गरेपछि
मन्त्री र राजदूतबीच चर्काचर्की परेको परराष्ट्र सूत्रले
बतायो । उपप्रधानमन्त्री थापाले होटल
सांग्रिलामा डा. बाबुराम भट्टराईसहितका
बुद्धिजीवीहरूलाई भेला गरेर तराईमा आन्दोलन
चर्काउने बारेमा छलफल गरेको तथा लैनचौरस्थित
भारतीय दूतावास परिसरभित्रै नेपालस्थित
कुटनीतिक नियोगका प्रमुखहरूलाई बोलाएर
सरकारविरुद्ध मार्चाबन्दी गरेको सम्बन्धमा
जानकारी माग गरेका थिए ।
उपप्रधानमन्त्री थापाको जिज्ञासामा रेले पुरानै
जवाफ दोहो¥याएपछि थापा थप आक्रोशित बन्दै
राजदूत रेलाई लैनचौरस्थित भारतीय दूतावासबाट हुने
गरेको गतिविधिको सम्बन्धमा सरकार जानकार
रहेको भन्दै नेपालविरुद्ध गतिविधि नगर्न चेतावनी
दिएको स्रोतले जनाएको छ । स्रोतका अनुसार

राजदूत रे लाई नेपालबाट फिर्ता पठाउने विषयमा
मन्त्रिपरिषदमा समेत छलफल सुरु भइसकेको छ ।
जनसवाल दैनिकमा समाचार छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget