नाकाबन्दी फिर्ता गरेर आउनुहोस्, संविधान संशोधन गरेर भए पनि माग सम्बोधन हुन्छ– नेम्वाङ


इलाम, १० मङ्सिर-
पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले नाकाबन्दी तत्काल फिर्ता लिन आन्दोलनरत दलहरुसँग आग्रह गर्नुभएको छ ।

इलामको चुलाचुलीमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “यो आन्तरिक समस्या हो । नाकाबन्दी फिर्ता गरेर आउनुहोस् । संविधान संशोधन गरेर भए पनि माग सम्बोधन हुन्छ ।”

संविधानसभाको निर्वाचनदेखि नै अनवरत रूपमा लागेर नयाँ संविधान जारी गरी देशलाई एक किसिमको समाधान दिइसकेकाले आफू अब विकास निर्माणमा केन्द्रित हुने उहाँको भनाइ थियो ।

संविधान निर्माणपछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्रमा आउनुभएका नेम्वाङलाई मतदाता र कार्यकर्ताले भव्य स्वागत गरेका थिए ।
etajakhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget